नेपालमा विद्यार्थी नपढ्नुका कारण र समाधानका उपाय



बजारमा सायदै बिक्री हुनसक्ने कागजी खोस्टो वा सर्टिफिकेट प्राप्त हुने, अर्थात् जीवन उपयोगी सिप, दक्षता तथा कौशलता हासिल हुन नसक्ने, सार्वजनिक क्षेत्रमा प्रवेशका लागि अर्को ३–४ वर्ष हड्डी घोटनुपर्ने, तर असफल हुनसक्ने चरम जोखिम रहने, सफल भइहाले प्राप्त हुने पारिश्रमिकबाट स्तरीय जीवनयापन गर्न कठिन हुने, निजीक्षेत्रमा कामकाजार्थ राजनीतिक दलका नेता वा पहुँचवालाको आफन्त हुनुपर्ने, अर्थात् भनसुन, नातावाद, कृपावाद आवश्यक पर्ने, निजी क्षेत्रमा श्रमअनुरूपको परितोषित प्राप्त गर्न कठिन हुने, क्षमता, दक्षता एवं इमान्दारीताको कदर नहुने तीतो यथार्थ छ ।

कक्षा १२ पूरागरी उच्च शिक्षा अध्ययनको हवाला दिँदै विदेशिने प्रवृत्ति सन् २०१४ पश्चात् वर्षेनी उकालो लाग्ने गरेको छ । यसकारण कि, हाम्रो शैक्षिक गुणस्तरमाथि नयाँ पुस्ताको विश्वास रहेको छैन । मुलुकभित्रका शैक्षिक संस्थाहरूमा अध्ययनार्थ खर्चिनु पर्ने समयावधि, श्रम र स्रोतसाधनबाट सपना साकार हुनेमा नयाँ पिँढीमा चरम संशय छ । मुलुकमा जर्गेना गरिएको शैक्षिक प्रणाली, सामाजिक तथा संस्कृति सोच, जीवनपद्दति, सामाजिक न्याय, सामाजिक सुरक्षा, लैङ्किक व्यवहार, वैयक्तिक स्वतन्त्रता, राजनीतिक रवैया, सार्वजनिक निकायको कार्यशैली, सार्वजनिक सेवासुविधा, कर्मचारीतन्त्रको बोली व्यहारवाट नयाँपुस्ता सन्तुष्ट छैनन् । आफ्नो जीवनकालमा सुधार भइहाल्ने सम्भावना देखिरहेका छैनन् ।

ऊर्जाशील, सिर्जनशील एवं उत्पादनमूलक समय खेर जान सक्ने सन्त्राका कारण १२ कक्षा वा प्लस टुपश्चात् ६० प्रतिशतभन्दा अधिक युवायुवतीले देश छोड्ने गरेका हुन् । पछिल्लो एक दशकमा उच्च शिक्षा अध्ययनका लागि ५ लाख ६५ हजार विद्यार्थीहरू बाहिरिएकोमा आ.व. २०७९÷८० मा मात्र १ लाख १८ हजार विद्यार्थीहरू अध्ययनका नाममा विदेशिएका हुन् । यसको अर्थ हामीले हाम्रा शैक्षिक संस्थाबाट उत्पादित युवापिँढीलाई मुलुकभित्र रोक्न सकिरहेका छैनौं भन्ने नै हो । उक्त प्रवृत्ति कायम रहेमा अबको १० वर्षमा प्रतिकलेज सय विद्यार्थी पाउन पनि कठिन हुन सक्छ ।

बजारमा सायदै बिक्री हुनसक्ने कागजी खोस्टो वा सर्टिफिकेट प्राप्त हुने, अर्थात् जीवन उपयोगी सिप, दक्षता तथा कौशलता हासिल हुन नसक्ने, सार्वजनिक क्षेत्रमा प्रवेशका लागि अर्को ३–४ वर्ष हड्डी घोटनुपर्ने, तर असफल हुनसक्ने चरम जोखिम रहने, सफल भइहाले प्राप्त हुने पारिश्रमिकबाट स्तरीय जीवनयापन गर्न कठिन हुने, निजीक्षेत्रमा कामकाजार्थ राजनीतिक दलका नेता वा पहुँचवालाको आफन्त हुनुपर्ने, अर्थात् भनसुन, नातावाद, कृपावाद आवश्यक पर्ने, निजी क्षेत्रमा श्रमअनुरूपको परितोषित प्राप्त गर्न कठिन हुने, क्षमता, दक्षता एवं इमान्दारीताको कदर नहुने तीतो यथार्थ छ ।

जहाँसम्म उच्च शिक्षा आर्जन गर्न लाग्ने समय, प्राप्त हुने प्रमाणपत्रको विकाउपन र रोजगारी प्राप्तिको सवाल छ, १२ कक्षा उत्तीर्णपश्चात् स्नातक तहका लागि कम्तीमा ४ वर्ष, स्नाकोत्तर तहका लागि कम्तीमा २ वर्ष गरी कम्तीमा ६ वर्ष अध्ययन समय र स्रोतसाधन खर्चनु पर्ने । त्यसपछि बजारमा सायदै बिक्री हुनसक्ने कागजी खोस्टो वा सर्टिफिकट प्राप्त हुने, अर्थात् जीवन उपयोगी सिप, दक्षता तथा कौशलता हासिल हुन नसक्ने, सार्वजनिक क्षेत्रमा प्रवेशका लागि अर्को ३–४ वर्ष हड्डी घोट्नु पर्ने, तर असफल हुन सक्ने चरम जोखिम रहने, सफल भइहाले प्राप्त हुने पारिश्रमिकबाट स्तरीय जीवनयापन गर्न कठिन हुने, निजीक्षेत्रमा कामकाजार्थ राजनीतिक दलका नेता वा पहुँचवालाको आफन्त हुनुपर्ने, अर्थात् भनसुन, नातावाद, कृपावाद आवश्यक पर्ने, निजी क्षेत्रमा श्रमअनुरूपको पारितोषित प्राप्त गर्न कठिन हुने, क्षमता, दक्षता एवं इमान्दारीताको कदर नहुने तीतो यथार्थ छ ।

कक्षा १२ पूरा गर्दैगरेका युवायुवतीले उच्च शिक्षाका लागि स्वदेशी विश्वविद्यालयको विकल्पमा विदेशी विश्वविद्यालय किन रोज्ने गरेका हुन् भन्ने जहाँसम्म सवाल छ, मूलतः विदेशमा गई अध्ययन गर्दा नेपालको तुलनामा अधिक आर्जन गर्न सकिने र भविष्यसमेत सुनिश्चय हुने भएकाले त्यसो गरेका हुन् । कुनै युवा वा युवतीले १८ वर्षको उमेरमा कक्षा १२ पूरा गरेको भए विश्वविद्यालयको अध्ययन र लोकसेवा तयारी गर्दागर्दै कम्तीमा २८ वर्षको उमेर गुज्रने, खर्च पु¥याउँदा–पु¥याउँदै अविभावक वाक्कदिक्क हुने, बेरोजगारीको कारण सयममै बिहेवारी गर्न नसकिने, अनेकन गर्दा पनि रोजगार बन्न नसके उदसीनताको शिकार बन्नुपर्ने, खाडी मुलुक ताक्नुपर्ने, वा निकम्पा प्रमाणित भई रित्तो हात लिई गाउँमै फर्कनुपर्ने आदि तथ्य नयाँ पुस्ताले राम्रैसँग केलाएको हुन्छ ।

उता, आफूसंग कक्षा १२ पूरा गरी उच्च शिक्षा हासिलका लागि विदेशी शैक्षिक संस्था रोजेको सहपाठीले एकाध वर्षमै अध्ययन र रोजगारी एकैसाथ अगाडि बढाउन सक्ने, जीवन उपयोगी शैक्षिक ज्ञान हासिल गर्ने, ४–५ वर्ष मै अध्ययन पूरा गर्ने, अध्ययनबाट प्राप्त ज्ञान वा सर्टिफिकेट विश्वबजारमा सहजै बिक्री गर्न सक्ने, रोजगारी सुनिश्चतजस्तै हुने, रोजगारदाताले आकर्षक सेवासुविधाहरू प्रदान गर्ने, सामाजिक मान–प्रतिष्ठा उच्च रहने आदि तथ्यहरू नयाँ पुस्ताले राम्रैसँग विश्लेषण गरेको हुन्छ । उल्लेखित तथ्य लेखाजोखा गरी नयाँपुस्ताले १२ कक्षापश्चात् त्रिभुवन विश्वविद्यालयको विकल्पमा त्रिभुवन विमानस्थल रोज्ने गरेका हुन् ।

हाम्रा उच्च शिक्षा प्रदायक संस्थाहरूले आफ्नो शाख बचाई राख्न यसले प्रदान गर्ने शिक्षा व्यावहारिक, जीवनउपयोगी र बजार मागअनुकूल हुनु पर्दछ । तर, अहिले पनि हाम्रा विश्वविद्यालयहरूले आजभन्दा ५० वर्षअघि विकसित मुलुकहरूले अवलम्बन गर्ने गरेका पाठ्यक्रम परित्याग गर्न सकेका छैनन् । जुन २१ शताब्दीमा अर्थहीन भईसकेको छ । वस्तुतः हाम्रा विश्वविद्यालयहरूले विद्यार्थीलाई सिर्फ ज्ञानी मात्र बनाउन खोजेका छन्, सीपयुक्त बनाई स्वरोजगार र आत्मनिर्भर बनाउन चाहिरका छैनन् । जबकि, जीवन जिउनका लागि ज्ञान भन्दा सीप आवश्यक पर्दछ ।

ज्ञानीले आपसेआप सीप आर्जन गर्न सक्दैन । वस्तुतः सीप हुनेहरू ज्ञानी हुनु आवश्यक छैन । हामी कहाँ यस्तोसम्म छ कि इन्जिनियरिङ, चिकित्सा वा विज्ञान तथा प्रविधि विषयका अध्येतालाई समेत ज्ञान केन्द्रित गराइएको छ, सिप वा व्यावहारिक प्रयोग नजरअन्दाज गरिएको छ । आ.व. २०७९÷८० मा उच्च शिक्षातहमा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको अनुपात अनुपात २० दशमलव ७२ मात्र रहनुले उक्त कुराको सबुत दिन्छ । विद्यार्थीलाई रोजगारी सिर्जक, उद्यमी,विज्ञ बनाउन नसक्दा उच्च शिक्षा आर्जनपश्चात् रोजगारीका लागि रोजगारीको अभावमा सर्वत्र भाैतारिनु अवस्था भएकाले १२ कक्षापश्चात नयाँ तप्का उच्च शिक्षाका लागि बाहिरिएका हुन् ।

शैक्षिक क्षेत्रलाई गुणबत्ता बनाउन वैज्ञानिक, व्यावहारिक, बजार मागअनुकूल पाठ्यक्रम आवश्यक पर्दछ । तर, हामीकहाँ जीवनमा कुनै उपयोग आउन नसक्ने वा मृतप्रायः(आउट डेटेड) भईसकेका विषयवस्तु समेत पाठ्यव्रmमा समावेस गर्ने गरिएको छ । समयसापेक्ष पाठ्यक्रम संशोधन गर्नु पर्नेमा ५ वा १० वर्ष व्यतीत नभई संशोधनको सोचसमेत बनाउने गरिएको छैन । कुनै एउटा विषयमा विज्ञ बनाउनुको साटो सबै विषयहरू समावेश गरी सतही ज्ञान मात्र दिन खोजिएको छ । अर्थात् ज्ञान, सिप, दक्षता र बिज्ञतायुक्त जनशक्ति उत्पादन गर्ने प्रयत्न गरिएको छैन । यी यावत कारण विश्वविद्यालयवाट उत्पादित विद्यार्थी विशषज्ञ, दक्ष, सिपयुक्तभन्दा साक्षर मात्र बन्न पुगेका हुन् । नेपालका शैक्षिक संस्थाले साक्षर मात्र तुल्याउने भएका कारण १२ कक्षापश्चात् नयाँ तप्का उच्च शिक्षाको लागि विदेशिएका हुन् ।

नेपालमा अध्ययन गर्न टिउसन शुल्क मात्र, एमबीएस विषयका लागि ३ लाख, नर्सिङ्ग विषयका लागि ४ देखि ५ लाख, बीबीए विषयका ५ देखि ६ लाख, चार्टर्ड एकाउन्टेन्सी विषयका लागि ८ देखि १० लाख, इन्जिनियरिङ्ग विषयका लागि १० देखि १२ लाख, एमबीबीएस विषयका लागि ४० देखि ४५ लाख शुल्क आवश्यक पर्दछ । होस्टल खर्च, अन्य स्टेसनरी खर्चबाहेक आवश्यक पर्ने न्यूनतम लागत हो, यो । यो तीतो सत्य हो कि नेपालमा, मानबिकी, समाजशास्त्र, राजनीतिशास्त्र, शिक्षा वा त्यस्तै विषयमा स्नातक वा स्नाकोत्तर उत्तीर्णपश्चात् मासिक २०÷२५ हजार रुपियाँ प्राप्त गर्नेगरी रोजगारी पाउनु कठिन छ । करिब ४÷५ लाख खर्र्चिएर नर्सिङ्ग गरेका युवतीले रोजगारीको अभावमा मासिक १२÷१५ हजार मासिक पारिश्रमिकमै निजी क्लिनिक वा नर्सिङ्ग होमहरूमा कार्य गर्नुपर्ने वाध्यता छ । इन्जिनियरिङ वा चिकित्साशास्त्र अध्ययन गरेका जनशक्तिले समेत मासिक ३०÷३५ हजारमा चित्त बुझाउनुपर्ने अवस्था छ । निजी शैक्षिक संस्थाहरूमा उच्च शिक्ष अध्यापन गराउने शिक्षकले समेत स्तरीय जीवन व्यतीत गर्न सक्ने पारिश्रमिक प्राप्त गर्नु कठिन छ । अर्थात् मासिक ३०÷३५ हजारमै चित्त बुझाउनु पर्ने विवसता छ । जहाँ परमपरागत शैक्षिक प्रणालीको कारण अहिले पनि अहिले पनि १९ प्रतिशत स्नातक पूर्ण बेरोजागर छन् भने १६ प्रतिशत स्नातक प्रचलितभन्दा न्यून पारिश्रमिकमा कार्य गर्न वाध्य छन् । यी सबथोक विश्लेषणबाट प्राप्त नतिजालाई हृदयंगम गरी नयाँ पुस्ता १२ कक्षापश्चात् वैदेशिक शैक्षिक संस्था स्वीकार गर्न विवस भएका हुन् ।

राज्यले युवापिँढीलाई रोक्नुको अलवा देश बाहिर पठाउने प्रबन्ध गरिरहेको छ भन्दा अत्युक्ति हुँदैन । यसकारण कि, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वका कुनाकाप्चामा रहेका विश्वविद्यालयको नाम सूचीकृत गरी अध्ययन अनुमति उपलब्ध गराईरहेको छ ।अहिले अध्ययनका लागि आवश्यक पर्ने नो अब्जेक्सन सर्टिफिकट अनलाइनमार्फत् आवेदन गर्न सक्ने प्रबन्ध मिलाएको छ । तर, विदेशी विश्वविद्यालयमा भर्ना भएका विद्यार्थीले साँच्चिकै अध्ययन गर्नेगरेका छन् वा सम्बन्धित विश्वविद्यालमा अध्ययन नगरी गलत ढंगबाट काम गर्ने हुन् अनुगमन, निरीक्षण र नियन्त्रण गर्ने गरिएको छैन । राज्यको यी र यस्ता कदमले पनि वाह्य कक्षापश्चात् वैदेशिक शैक्षिक संस्था ताक्न उत्प्रेरित गरेको हो ।

यसअघि डिप्लोमा पश्चात् सामाजिक शास्त्र, राजनीति शास्त्र, विज्ञान, जनप्रशासन, भूगोल, इतिहासजस्ता विषय अध्यनार्थ त्रिवि, काठमाडांै, पूर्वाञ्चल, पोखरालगायतका स्वदेशी विश्वविद्यालयहरूमा अध्ययन गर्ने, आर्थिक हैसियत अब्बल रहेका, तीक्ष्ण र अधिक महत्वाकांक्षी छिटपुट विद्यार्थी चिकित्सा शास्त्र, इन्जिनियर, चार्टर्ड एकाउन्टेन्सी र पाईलटिङजस्ता विषयहरू अध्ययनार्थ मुलुक बाहिर पुग्ने गरेकोमा अहिले होटेल म्यानेजमेन्ट, नसिङ्ग, हस्पिटालिटी म्यानेजमेन्ट, आईटीलगायत जुनसुकै विषय अध्ययनार्थ बाहिरिने गरेका छन् । स्मरण रहोस, आ.व.२०९-८० मा उच्च शिक्षामा कुल भर्नादर १९ प्रतिशत मात्र रहेको छ । हेक्का रहोस्, नेपाल राष्ट्र बैंकको आँकडाअनुसार, सन् २०२२-२३ को ११ महिनामा मात्र वैदेशिक अध्ययनको नाममा ७५ अर्ब रुपियाँ बाहिरिएको छ । जहाँ, अघिल्लो वर्ष वैदेशिक अध्ययनको लागि ६८ अर्ब रुपियाँ बाहिरिएको थियो । उक्त प्रवृत्ति रोक्न सरकारले ठोस कदम नचालेकाले अवको दश वर्षमा मुलुकले कस्तो भयावह स्थिति सामना गर्नुपर्ला भन्ने सहजै आँकलन गर्न सकिन्छ ।

नयाँ पुस्तालाई कसरी स्वदेशै रोक्नु पर्दछ वा उच्च शिक्षा अध्ययनपश्चात् फिर्ता गराउन सकिन्छ भन्ने जहाँसम्म सवाल छ । प्रथम, नयाँ पिँढी पलायन रोक्न, घरपरिवार, समुदाय र शैक्षिक संस्थाले बालबच्चालाई जन्मभूमि, भाषा, संस्कृति, रीतिरिवाज, पूर्खाको समर्पण तथा महत्व बताउनु पर्दछ । यसका निमित्त निम्न माध्यमिक तहको पाठ्यक्रममा, नैतिक शिक्षा, संस्कृत शिक्षा, भूगोल, इतिहासजस्ता विषयहरू समावेस गर्नु पर्दछ । ताकि, हाम्रो भूगोल, इतिहास, भाषा, संस्कृति, रहनसहन, पुर्खाको विरासतको विषयमा नयाँ पुस्ताले यथेष्ट ज्ञान प्राप्त गर्न सकून् । जसको कारण नयाँपुस्तमा राज्यप्रति माया, आस्था, सम्मान, त्याग तथा समर्पणको भावना जागृत भई वैदेशिक अध्ययनपश्चात् स्वदेशमा फर्कन र आर्जित ज्ञान, सिप एवं दक्षता स्वदेशमै उपयोगार्थ तत्पर होऊन् ।

दोस्रो, मुलुक सबथोक होइन भन्ने भावना नयाँ पुस्तामा जागृत गर्न सके जस्तोसुकै सेवासुविधा एवं वातावरण स्वीकार नगरी नयाँ पुस्ता स्वदेश फर्कन्छन् । यसर्थ, मातृभूमि केही होइन, पैसा सबथोक हो, जसरी पनि पैसा कमाउनुपर्छ भन्ने मनोविज्ञान तोडी मुलुक सबथोक हो र मुलुकको लागि वलिदान दिन तयार हुनु पर्दछ भन्ने भावना जागृत गर्नु पर्दछ । यसका निमित्त शासक, पुँजीपति, समाजसेवी, सामाजिक अभियन्ता एवं अगुवा वर्गमा राज्यप्रतिको त्याग, समर्पण र निष्ठा आवश्यक पर्दछ । तेस्रो, विदेशमा उच्च शिक्षा हासिल गरेका नयाँ पुस्तालाई स्वदेशमा आकर्षित गर्न विदेशमा प्राप्त गर्न सकिने सेवासुविधा तथा अवसरहरू स्वदेशमै सिर्जना गर्नु सक्नुपर्दछ । उक्त अवसर सिर्जना गर्न कृषि, जलविद्युत्, पर्यटन, उद्योग, भौतिक पूर्वाधार, खनिज, सूचना प्रविधि क्षेत्रमा लगानी अभिवृद्धि गरी रोजगारीका अवसरहरू सिर्जना गर्नु पर्दछ । जुन लक्ष्य रातारात कठिन भए पनि असम्भव भने छैन ।

प्रतिक्रिया दिनुहोस्