उद्यमी मनोभावको मृत्यु र नयाँ स्टार्टअप कम्पनीको सकस



नेपालीले देशको जटिल नीति, अनैतिक व्यावसायिक अभ्यास र आफ्नै मौलिकता भएको विज्ञान र प्रविधिमा आधारित कम्पनीहरूले समेत विश्वासको कमीका कारण उद्यमी स्टार्टअपलाई पनि तिलाञ्जली दिइरहेका छन्।

आठ वर्षअघि ठमेलको एउटा व्यस्त रेस्टुरेन्टमा जाडोयामको एक साँझमा युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्राध्यापक डेभिससँग न्यानो कफी मिटिङ गर्दा एउटा आशाजनक नयाँ विचार लिई अति आवश्यक पोल्ट्री भ्याक्सिन उत्पादनका लागि पशुसम्बन्धी खोप उत्पादन गर्ने एउटा कम्पनीको स्थापना गरिएको थियो।

यसको स्थापना गर्नुको उद्देश्य चेन कोल्ड फ्री भाइरल खोपको उत्पादन गरी कुनै झण्झटबिना नै नेपालका ग्रामीण क्षेत्रहरूमा ढुवानी गर्नु र यस खोपको पहुँच अधिकांश किसानहरूमा बढाउनु रहेको थियो। एउटा राम्रो प्रस्तावना पेस गरेपछि नेदरल्यानड्सको एक सरकारी एजेन्सीले म्याचिङ फन्डको रूपमा प्रयासको लागि लगभग पाँच लाख युरो प्रदान गर्न सहमत भएको थियो।

केही डच लगानीकर्ता र स्थानीय नेपाली कम्पनीहरूले पनि यस परियोजनामा चासो देखाएका थिए । अनि, सन् २०१७ मा बायोभ्याक नेपाल प्रा.लि. नामक प्रत्यक्ष विदेशी लगानीमा रहेको कम्पनीको स्थापना भएको थियो ।

पोल्ट्री क्षेत्र बुझ्न र कम्पनीका लागि एउटा व्यावसायिक योजना तयार गर्न, उपलब्ध सूचना तथा जानकारी संकलन र विश्लेषण गरिएको थियो । यो निश्चित रूपमा एउटा उच्च सामाजिक प्रभाव पार्ने प्रयास हुन गइरहेको थियो जस्तो देखिन्थ्यो। त्यसैले, करिब १० लाख युरो बराबरको पुँजी हातमा लिएर हामी नेपालमा यस नवीन, उच्च प्रविधियुक्त कम्पनीलाई एकठाउँमा ल्याउन तयार नेपाली कम्पनी तयार भएका थियौँ।

यसबाहेक, अस्ट्रेलियन सरकारले थप अनुसन्धान गर्न र कम्पनीमा उत्पादन क्षमता बढाउनका लागि लगभग पाँच लाख अस्ट्रेलियन डलर पनि प्रदान गरेको थियो । सबै जना उत्साहित थिए ।

जटिल नीति र हुकुमी कर्मचारीतन्त्र

दुर्भाग्यवस् चाँडै, त्यो उत्साह निराशामा परिणत भएको थियो। उक्त एफडीआई कम्पनी दर्ता गर्न लगभग एक वर्ष लागेको थियो। त्यसपछि अन्य विभिन्न अर्थहीन प्रशासनिक बाधा अड्चनहरूको सामना गरिएको थियो।

लगभग एक वर्षसम्म कम्पनीले कि पशु विभाग नै पशु खोप सुविधा स्थापना गर्न मार्गदर्शन र अनुमति प्रदान गर्ने मुख्य आधिकारिक संस्था हो तर पछि कम्पनीले थाहा पायो कि औषधि विभाग यस्तो अधिकारप्राप्त विभाग हो, कुनै स्पष्ट निर्देशन र मार्गदर्शनको अभावमा हामीले उपयुक्त प्रक्रियाको टुंगो लगाउने प्रयासमा दौडिरहयौं।

अन्तमा, छ वर्षको कठिन प्रयासपछि, हामी एक अत्याधुनिक पशु खोप अनुसन्धान, विकास र उत्पादन सुविधासम्पन्न कम्पनी स्थापना गर्न सक्षम भएको थियो । हाम्रो पहिलो उत्पादनका लागि व्यावसायिक इजाजतपत्र प्राप्त गर्न फेरि एक वर्ष लागेको थियो।

अनैतिक व्यावसायिक अभ्यास

नेपालको व्यापार संस्कृति यति आदिम छ कि तपाईंले हस्ताक्षर गर्नुभएका सम्झौताहरू प्रायः केबल कागजका अर्थहीन पानाहरू हुन्।

हाम्रो खोपको व्यवसायीकरणका लागि हामीले स्थानीय वितरकसँग एउटा निश्चित भोल्युममा वितरणसहित प्रतिबद्धता र संयुक्त मार्केटिङ प्रयासका साथ विशेष साझेदारीका लागि सम्झौतामा हस्ताक्षर गरेका थियौँ। तर, यो योजना र सहमतिअनुरूप कामै हुन सकेन। तर, तिनीहरूसँग मद्दतका लागि बिन्ती गर्नुबाहेक हामीले अरू केही गर्न सकेनौं।

जारी गरिएको बीजकहरूबाट पैसा उठाउनु असम्भव नभए पनि निकै गाह्रो थियो। यी सबै झमेलायुक्त व्यावसायिक अभ्यासहरूले नेपालमा गरिने व्यापारको भविष्य दुवै कठिन र कष्टप्रद बनाउँछ।

कसैले वास्ता गर्दैन मेड इन नेपाललाई

गहन अनुसन्धान र परीक्षण गरिएको भ्याक्सिन उत्पादन गरिसकेपछि हामीले यसले वास्तवमा काम गरेको प्रमाणित गर्न अझ धेरै संघर्ष गर्नुपरेको थियो। हामीले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त र पीयर (रिभ्युड गरिएको विज्ञानका जर्नलहरूमा हाम्रो सबै परीक्षण र प्रमाणीकरण डेटा प्रकाशित गरेका थियौँ।

यस्तो हुँदाहुँदै पनि, हामीले नेपाली किसानहरूको शंकालाई मेटाउन उनीहरूलाई हाम्रो उत्पादन अन्य आयातीत वैकल्पिक खोपहरूजस्तै राम्रो वा तिनीहरूभन्दा झन् राम्रो छ भनेर विश्वस्त पार्ने प्रयास गरिरहेका थियौं । तर कसैले पनि आफ्नै ठाउँमा विकसित र उत्पादित उत्पादनहरूको बारेमा वास्ता गर्दछ जस्तो लागेको छैन ।

घातक अभ्यास र नयाँ विचारहरूमा प्रतिरोध

नेपालको पोल्ट्री उद्योग उत्पादनका हिसाबले अत्यन्त अक्षम छ भन्ने कुरा हामीले पोल्ट्री किसानहरूसँग गरेका धेरै अन्तरक्रियाहरूबाट थाहा पाएका थियौं।

उदाहरणका लागि, अमेरिकामा बोइलरको उत्पादन दक्षता लगभग ९९ प्रतिशत यसको अर्थ मृत्युको कारणले केवल १ प्रतिशत नोक्सानी छ ।

नेपालमा एउटै जातको कुखुराको उत्पादन क्षमता निकै कम रहेको छ (कहिलेकाहीँ ७० प्रतिशतभन्दा पनि कम कमजोर जैविक सुरक्षा र खोपको कारण रोगको प्रकोप उच्च रहेको हुनाले यस्तो निराशाजनक उत्पादन दक्षता भएको हो। तर, बायोभ्याकमा रोगसँग लड्ने प्रतिरोध क्षमता उच्च हुँदाहुँदै पनि यी किसानहरूलाई निकै राम्रो उत्पादनसहितको सफलताको सुनिश्चितता गर्न असमर्थ रह्यौं । कारण, उनीहरू कुनै पनि नवीन विचारहरू ग्रहण गर्न नचाहेर हो ।

अरू सबै व्यवसायहरूजस्तै बायोभ्याकलाई पनि वित्तीय सहयोगको आवश्यकता थियो। व्यापारिक भविष्यको अनिश्चितताका कारणले हामीले हाम्रो व्यवसायका विभिन्न पक्षहरूमा मद्दत गर्न थप कोषहरू खोज्नुपर्ने थियो।

स्थानीय बैंकहरू धेरै पहुँचयोग्य र मैत्रीपूर्ण भए तापनि प्रायः ऋण लगानी गर्ने परम्परागत शैली अझै पनि विद्यमान छ। जग्गा सम्पत्तिहरू हुनु प्रायः ऋण सुरक्षित गर्ने एक मात्र उपाय हो । यसका लागि सरकारका नीति तथा निर्देशनहरू प्रायः अभाव छन् वा अत्यन्तै भ्रामक छन् । त्यसैले, संक्षेपमा हरेक उद्यमशीलता प्रयासलाई रियल इस्टेट दृष्टिकोणबाट हेरिन्छ ।

सरकारले निजी क्षेत्रको प्रशंसा वा समर्थन गर्दैन

नेपालका दुई ठूला विश्वविद्यालयहरूले वर्षेनी सयौं बायोटेकका जनशक्तिहरू उत्पादन गर्दछन्। तीमध्ये अधिकांश अन्ततः सम्बन्धित कामको अवसरको खोजीमा देशबाहिर जान्छन्।

१६ वर्षअघि हामीले नेपालको सबैभन्दा सुविधासम्पन्न बायोटेक कम्पनी खोल्यौँ। त्यसबेलादेखि, हामी यी जनशक्तिहरूमध्ये धेरैलाई खोप अनुसन्धान र उत्पादनसहित अत्याधुनिक प्राविधिक सीपहरू सिक्न र काम गर्न अवसरहरू प्रदान गर्दै आएका छौं।

तर, प्रशंसाको साटो उल्टो हामीले सरकारी निकायद्वारा हरेक पाइलामा उत्पीडन र अवरोध पाएको कुरा महसुस गरेका छौं। हामीले अन्तर्राष्ट्रिय जर्नलहरूमा जतिसुकै प्रकाशित गरे तापनि स्थानीय रूपमा हामीलाई सधैं नकारात्मक दृष्टिले हेरिएको छ ।

सामाजिक प्रभाव लगानी प्रदायकहरूको संकीर्ण दृष्टिकोण र जनादेश

हामीले वर्षौंसम्म संघर्ष गर्ने क्रममा धेरै सामाजिक प्रभाव लगानी प्रदायकहरूसँग अन्तरक्रिया गरेका थियौँ। हाम्रा खाताहरू राम्ररी जाँच गरिए, तैपनि हामीसित ठोस् व्यावसायिक योजना नभएको कुरा हामीलाई बताइएको थियो।

यी आलोचनाहरूमध्ये केही तर्कसंगत भए तापनि मलाई लाग्छ तिनीहरू सबैले ख्याल गर्न छुटाएको एउटा कुरा थियो (हाम्रो परियोजना कुनै हाइड्रो परियोजना होइन । यो हाम्रो लागि राष्ट्रिय हित हुने एउटा फरक र नयाँ कुरा हो।

यो परियोजनाले व्यापार र आयात गर्ने राष्ट्रबाट उत्पादनशील र नवीनता प्रदान गर्ने देशको रूपमा पहिचान बनाउनका लागि आवश्यक पर्ने भ्याक्सिनको उत्पादन मात्र होइन उच्च दक्ष जनशक्ति पनि तयार पार्नेछ। तिनीहरूको उपलब्धिको मापन साँघुरो हुने भएका कारणले सामाजिक प्रभावका प्रयासहरू सफलताबिना नै विलीन हुन जानेछन् ।

वैज्ञानिक र नवप्रवर्तकहरू नेपालमा अनावश्यक

विगत १६ वर्षमा म अमेरिकाबाट स्थायी रूपमा नेपाल फर्केको छु र यस अन्तरालमा मैले नेपाली समाजको बिस्तारै पतन भइरहेको अनुभव गरेँ। अहिलेको अवस्था हाम्रो नियन्त्रणबाहिर जानै लागेको जस्तो भान हुन्छ। देशमा आर्थिक मन्दी केही वर्षयतादेखि जारी नै छ र देशको समग्र माहोल निकै निराशाजनक भएको देखिन्छ।

हाम्रो समाजले वैज्ञानिक र नवप्रवर्तकहरूलाई कहिल्यै पनि पर्याप्त मान्यता दिएन र यस्तो भयावह परिदृश्यमा पनि उनीहरूलाई अझ कम महत्व पाइरहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्