भैरवी सहकारीको खुद नाफा ५६ लाख 



धादिङ । 

धादिङबेसीमा कार्यालय रहेको भैरवी बचत तथा ऋण सहकारी संस्था ली.को खुद नाफा ५६ लाख १८ हजार ६ सय ७४ रुपैयाँ रहेको छ ।
सहकारीको २३ औँ स्थापना दिवसको अवसरमा संस्थाले सञ्चारकर्मी र सहकारीकर्मीहरुलाई यस्तो जानकारी दिएको छ ।
२ हजार ४ सय ५६  सेयर सदस्य रहेको सहकारी संस्थाको शेयरपूँजी ३ करोड २ लाख १३ हजार १ सय, १८ करोड ४१ लाख ४७ हजार १ सय ४८ रुपैयाँ निक्षेप संकलन भएको सहकारीका महासचिव राजकुमार श्रेष्ठले बताए ।

भैरवी सहकारीले १६ करोड ७६ लाख ६५ हजार ९ सय ४२   रुपैयाँ ऋण लगानी रहेको छ। संस्थाको जगेडा कोषमा १ करोड ६३ लाख ५१ हजार ५ सय २३ रुपियाँ, अन्य कोषमा २ करोड २७ लाख ६९ हजार ८ सय २५ रहेको छ । ‘विगतमा मुनाफाबाट ०।५ प्रतिशत ५१ हजार ५ सय एक रुपियाँ भैरवी मन्दिर निर्माणका लागि हस्तान्तरण गरिएको छ ।

बिचबजार चौतारा निर्माणका लागि ११ हजार १ सय ११ रुपियाँ सहयोग गरेका छौं , रक्तदान कार्यक्रम, जिल्ला अस्पतालमा उपचारत बिरामीहरुलाई फलफूल वितरण लगायतका सामाजिक कार्य संस्थाले गर्दै आएको छ, महासचिव श्रेष्ठले भने सहकारी धादिङ जिल्ला सदरमुकाम आसपासका व्यक्तिहरुको आर्थिक तथा सामाजिक विकास गराई आत्मनिर्भर बनाउने अभिप्रायले २०५७ साल फागुन ६ गते १५५ जना शेयर सदस्य सहित एक तदर्थ समिति गठन गरी सहकारी ऐन २०४८ अनुसार २०५७ साल चैत्र १४ गते सहकारी कार्यालय चितवनमा दर्ता गरिएको संस्थापक अध्यक्ष ईश्वरकुमार श्रेष्ठले बताए ।

         शेयर सदस्यलाई स्वास्थ्य उपचार कोषको व्यवस्था, पारिवारिक राहत, सदस्य शिक्षा तथा अवलोकन भ्रमण, बिदाको दिनहरुमा काउन्टर सेवा लगायतका सेवा विस्तार गरिएको संस्थाका अध्यक्ष गणेशकुमार श्रेष्ठले बताए ।  शेयर सदस्यको माग र आवश्यकतालाई मध्यनजर गरी बिहान साढे ९ बजेदेखि सेवा सुरु गर्ने तथा विदाको दिन पनि सेवा दिदै आएका छौं । सेयर सदस्यको स्वास्थ्य उपचार तथा सदस्यको मृत्यु भएको खण्डमा मृतकका परिवारलाई सहयोग प्रदान गर्न छुट्टा छुट्टै कोषको व्यवस्था समेत गरेका छौं । नेपाल सरकार आन्तरिक राजश्व कर कार्यालय गल्छीले धादिङ जिल्ला भित्रका वैंक तथा वित्तीय संस्था मध्ये बढी  कर बुझाउने संस्थाको रुपमा परस्कृत गरेको छ भने जिल्ला बचत संघले असल वचत गर्ने संस्थाको रुपमा सम्मान तथा पुरस्कार समेत प्रदान गरेको संस्थाका अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्