नेपालद्वारा ट्रान्स–फ्याट्टी एसिड प्रतिबन्ध 



काठमाडौं।   

स्वास्थ्यको प्रवर्द्धन गर्ने तथा जीवन बचाउने उद्देश्यसहित नेपालले विधान निर्माण गरी औद्योगिक रूपमा उत्पादित खाद्य पदार्थमा  अर्थात् हानिकारक चिल्लो पदार्थको मात्रालाई नियन्त्रण गरेकोमा विश्व स्वास्थ्य संगठन नेपाललाई बधाई ज्ञापन गर्दछ ।

“ट्रान्स– फ्याट्टी एसिड उन्मूलन गर्नु भनेको मुटु तथा रक्तनली सम्बन्धी रोगबाट हुने अकाल मृत्युलाई रोक्नको लागि एक प्रभावकारी उपाय हो,“ विश्व स्वास्थ्य संगठन, दक्षिण–पूर्वी एसियाका लागि क्षेत्रीय निर्देशक साइमा वाजेदले भनिन् ।

दक्षिण–पूर्वी एसिया क्षेत्रमा नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणलाई प्राथमिकता दिँदै, विश्व स्वास्थ्य संगठनले अन्य उपायहरू सहित राष्ट्रिय खाद्य सामग्रीहरूबाट ट्रान्स–फ्याट्टी एसिड हटाउन राष्ट्रहरूलाई सहयोग गर्दै आएको छ । नेपालको यो बिधानसँगै, अब यस क्षेत्रका जनसंख्याको झण्डै ८०% – १.६ अर्ब मानिसहरू – ट्रान्स–फ्याट्टी एसिडको हानिबाट सम्भावित रूपमा सुरक्षित हुनेछन् ।

विश्वमा औद्योगिक रूपमा उत्पादित ट्रान्स–फ्याट्टी एसिडको सेवनका कारण प्रत्येक वर्ष ५४०,००० मानिसहरुको मृत्यु हुन्छ ।  ट्रान्सफ्याटको अत्याधिक सेवनले मुटु तथा रक्तनली सम्बन्धी रोगबाट हुने मृत्युको जोखिमलाई उल्लेखनीय रूपमा बढाउँछ । ट्रान्स फ्याटबाट स्वास्थ्यमा लाभ पुग्ने कुरा अहिलेसम्म जानकारीमा छैन ।

विश्व स्वास्थ्य संगठन, दक्षिण–पूर्वी एसिया क्षेत्रमा हरेक वर्ष  हुने लगभग ९० लाख मृत्युको ६९% नसर्ने रोगका कारण हुने गर्दछ । मुटु तथा रक्तनली सम्बन्धी रोग, मृत्युको एक प्रमुख कारण हो ।

सन् २०१८ मा विश्व स्वास्थ्य संगठनले औद्योगिक रूपमा उत्पादित ट्रान्स–फ्याट्टी एसिडहरूको उन्मूलनमा मद्दत गर्न ६ वटा रणनीतिहरूको रिप्लेस  निर्देशिका जारी गरेको थियो । रिजोलभ टु सेभ लाइभस्को सहकार्यमा, रिप्लेस प्रोटोकलहरू यस क्षेत्रभर लागू भइरहेका छन् ।

सन् २०२२ सम्म थाइल्याण्ड, भारत र बंगलादेशले खाद्यान्नमा ट्रान्स–फ्याट्टी एसिड उन्मूलनका लागि नियमावलीहरु अवलम्बन गरेका थिए । इन्डोनेसियाले  पूरक नीतिका पहलहरु अपनाएको थियो भने श्रीलंकाले सन् २०२३ मा नियमावली जारी गरेको थियो । नेपालले ८ फेब्रुअरीमा ट्रान्स–फ्याट्टी एसिडसम्बन्धि कानुन जारी गरेको छ ।

ट्रान्स–फ्याट्टी एसिडहरू प्रतिबन्ध गर्नु विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्वी एसिया क्षेत्रको( युएसइए एचइएआरटीएसयु )  अन्तर्गतका पहलहरू मध्ये एक हो जसले मुटु तथा रक्तनली सम्बन्धी रोगबाट हुने मृत्युलाई कम गर्नका लागि सबै साझेदार र सरोकारवालाहरूलाई एकताबद्ध गर्ने प्रयासमा जोड दिन्छ ।

ट्रान्स–फ्याट्टी एसिड सम्बन्धी नेपालको कानुनले विश्व स्वास्थ्य संगठनको रिप्लेस निर्देशिकाका उत्कृष्ट अभ्यास वा पूरक नीति तथा पहलको कार्यान्वयन मार्फत २ अर्ब मानिसहरूलाई ट्रान्स–फ्याट्टी एसिडको हानिकारक प्रभावहरूबाट जोगाउने ‘युएसइए एचइएआरटीएसयु’ को लक्ष्यमा मा ३ करोड मानिसहरू थप्नेछ ।
विश्व स्वास्थ्य संगठनले यस क्षेत्रका राष्ट्रहरूलाई ट्रान्स–फ्याट्टी एसिडहरू विरुद्धको कार्यलाई तीव्र पार्न उत्तम नीतिहरू, अनुगमन र निगरानीमा ध्यान दिन आग्रह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्