हिमालयन एभरेष्ट इन्स्योरेन्सको तीसौं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौँ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको तीसौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । वानेश्वर थापागाउँ, स्थित वानेश्वर ब्याङक्वेटमा उक्त साधारण सभा सम्पन्न भएको हो।

गत आवमा कम्पनीले उल्लेख्य नाफा ४४ करोड ८५ लाख आर्जन गरी शेयधनीहरुलाई ६.३७ प्रतिशत बोनश शेयर र नगद लाभांश ८.६३ प्रतिशत गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित भएको छ। निर्णय भएकोमा शेयरधनीहरुबाट खुशी ब्यक्त गर्दै कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गरिएको थियो ।

संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा संचालित उक्त कार्यक्रममा संचालकज्यूहरु, प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह, कम्पनीका वरिष्ठ अधिकृतज्यूहरु तथा अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

अध्यक्ष श्रेष्ठले साधारण सभामा शेयरधनीहरुले राखेको जिज्ञासा तथा सुझावहरुको जवाफ दिएका थिए । मर्जरपछिका विभिन्न व्यवधानहरुको सामना गर्दै कम्पनीले हासिल गरेको उल्लेख्य प्रगति र चालु आर्थिक वर्षका सुचांकहरु समेत उत्साहजनक रहेकोले कम्पनीको नेतृत्व तथा सम्पूर्ण टिम प्रति अभार प्रकट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्