सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं ।

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । लगातार ५ दिन बढेको सुनको मूल्य आज ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ९०० रुपैयाँ कायम भएको छ ।

यसअघि सोमबारदेखि शुक्रबार सम्म सुनको मूल्य बढेको थियो ।यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ३५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, शुक्रबार छापावाल सुन १ लाख १९ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो ।

आइतबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर तोलाको १३ सय ९५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्