काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको मूल्य ३०० रुपैयाँले बढेको हो। यसअघि सोमबार, मंगलबार, बुधबार र बिहीबार सुनको मूल्य बढेको थियो।
त्यसैगरी नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १९ हजार ५०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ निर्धारण भएको छ।
यसअघि, बिहीबार छापावाल सुन १ लाख १९ हजार २०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख १८ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो।
शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १४ सय १५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम रहेको थियो।











प्रतिक्रिया