बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं ।

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। २ दिन स्थिर रहेको सुनको मूल्य आज (सोमबार) भने ३०० रुपैयाँले बढेको हो।

नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ७५० रुपैयाँ निर्धारण भएको छ। यसअघि आइतबार छापावाल सुन तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो।

यता, आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो।

प्रतिक्रिया दिनुहोस्