मंगलबार पनि सुनको मूल्य स्थिर



काठमाडौं ।

नेपाली बजारमा  सुनको मूल्य लगातार तेस्रो दिनदेखि स्थिर रहेको  छ । महासंघले आजको मूल्यसूची तय गर्दै लगातार तेस्रो दिनदेखि सुनको मूल्य स्थिर रहेको जानकारी दिएको हो ।

महासंघका अनुसार छापावाला सुनको मूल्य १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ । गत आइतबारदेखि सोही मूल्य कायम भई कारोबार भएको छ । यस्तै, तेजावी सुनको भाउ पनि १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम भएको छ । सोमबार भने चाँदी १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्