एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाद्वारा शाखा स्तरीय अर्धवार्षिक समीक्षा सम्पन्न



काठमाडौँ। 

एनआई सी एशिया लघुवित्त वित्तीय संस्थाले यही माघ ६ र ७ गते (शनिवार आइतबार)  लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ   । उक्त कार्यक्रममा शाखाहरुमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरुका साथसाथै चालु तेस्रो त्रैमासको लागि भावी रणनीतिबारे बृहत् छलफल भएको हो।

शनिवार लुम्बिनी प्रदेशको सिद्धार्थकटेज बुटवलमा सम्पन्न कार्यक्रममा संस्थाका सञ्चालक दीपक ढकाल, लुम्बिनी प्रदेशका ओभरसाइटअफिसर राकेश श्रेष्ठ, संस्थाका मानव संसाधन विभाग प्रमुख सुजन ढकालको  उपस्थिति रहेको थियो।

यस्तै  लुम्बिनी प्रदेशमा सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुवर्ण पौडेल, संस्थाका सञ्चालक विभोर कुमार अग्रवाल, प्रमुख कार्यकारी अधिकृत  लक्ष्मण चालिसे, प्रमुख व्यवसायअधिकृत राजेन्द्र न्यौपाने, लुम्बिनी प्रदेशका ओभर साइट अफिसर उद्धव नेपालको उपस्थितिमा सिद्धार्थ होटेल नेपालगन्जमा शनिवार सम्पन्न भएको संस्थाले जनाएको छ ।

यसै गरी कर्णाली प्रदेशमा भने आइतबार उक्त कार्यक्रम  सम्पन्न भएको छ।  सुर्खेतको सिद्धार्थ होटेलमा संस्थाका सञ्चालक समितिका अध्यक्ष सुवर्ण ढकालको प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे,  प्रमुख व्यवसायअधिकृतश्री राजेन्द्र न्यौपाने उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्