सुनचाँदीको मूल्य घट्यो



काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्यमा बुधबार सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी माहासंघका अनुसार सुन प्रतितोला १०० रुपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ। आज तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६०० रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ।

बुधबार चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको र यसअघि मंगलबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्