एनआइसी लघुवित्तको सञ्चालकमा खड्का नियुक्त



काठमाडौँ।

एनआईसी एशिया लघुवित्तको संचालकमा कमल खड्का नियुक्त भएका छन्।

एनआईसी एशिया बैंकको सञ्चालक समितिको बैठकको निर्णय अनुसार खड्कालाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाईएको थियो
खड्कालाई संस्थाको यही पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि नियुक्त गरेको हो ।

उक्त पदमा यस अघि सञ्चालक दिनेश भारी संस्थापक एनआईसी एशिया बैंक लिमिटेडकोतर्फबाट प्रतिनिधित्व गर्दै आईरहेका थिए ।

नव नियुक्त सञ्चालक खड्काले संस्थाका अध्यक्ष श्री सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् । बैंकिङ्ग क्षेत्रमा करीब १० वर्ष देखि कार्यरत खड्का एन आई सी एशिया बैंक लिमिटेडमा आन्तरिक लेखापरीक्षण विभागमा विभागीय प्रमुखको रुपमा कार्यरत रहनुका साथै पेशाले चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्