सूर्यज्योति लाईफ ईन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी



स्याङ्जा। 

सूर्यज्योति लाइफ ईन्स्योरेन्स कम्पनी लि. पुतलीबजार शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । वैदेशिक रोजगारीमा रहेका स्याङ्जाका एक युवकको मृत्युपछि उनका परिवारले मृत्यु दाबी गरेसँगै कम्पनीले रकम भुक्तानी गरेको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया रहेका स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं. ६ का ३९ वर्षीय दानबहादुर थापाको करिब ३ महिना अघि मृत्यु भएको थियो । थापाको मृत्युपछि उनको परिवारलाई कम्पनीले १४ लाख रुपैयाँ मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।

कम्पनीका पुतलीबजार शाखा प्रमुख सुजन पोखरेलले मृतक थापाकी श्रीमती नारायणी माया थापालाई दाबी रकम बराबरको चेक हस्तान्तण गरेका छन् । रोजगारीमा जाने क्रममा मृतक थापाले सूर्यज्योति लाईफ ईन्स्योरेन्समा म्यादी बीमा गरेको कम्पनीले जनाएको छ । थापाको मृत्युपछि उनकी श्रीमती नारायणीले कम्पनीले हालसालै जारी गरेको “सूर्यज्योति सही प्लान” अन्तर्गत १२ लाख बराबरको आजीवन बीमा गरेकी छन् । उच्च रक्तचापका कारणले मृत्यु भएका थापाका २२ वर्षका १ छोरा मात्र छन् ।

३ वर्ष अघिदेखि पुतलीबजारमा संचालनमा आएको सूर्यज्योति लाईफ ईन्स्योरेन्स कम्पनीले हालसम्म ५ जना बीमितको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको पुतलीबजार शाखामा झन्डै १ हजार जनाले जीवन बीमा गरेको शाखाले जनाएको छ । उक्त अवसरमा शाखा प्रवन्धक पोखरेलले मृत्यु दाबी भुक्तानी कार्यलाई कम्पनीले उच्च प्राथमिकतामा राखेको बताए । पोखरेलले स्थानीय तहहरुले पनि कार्यक्रम निर्माण गर्दा बीमाको पहुँचमा आफ्ना नागरिक पुग्न सक्नेमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले नागरिकप्रति उत्तरदायी बन्न सहुलियत दिने खालका कार्यक्रम ल्याउन सुझावसमेत दिए ।

सूर्यज्योती लाइफ इन्स्योरेन्स नेपालकै अग्रणी मध्येको एक जीवन बीमा कम्पनी मानिन्छ । नेपालको ख्यातिप्राप्त व्यवसायीक तथा व्यापारिक घरानाहरुको समूहबाट सञ्चालित यस कम्पनी व्यवसायको छोटो समयमै अत्यन्तै राम्रो व्यवसायीक कारोवारमा रेकर्ड कायम गर्न सफल भएको छ । साबिकको सूर्य लाइफ र ज्योति लाइफ मर्ज भै सूर्यज्योती लाइफ ईन्स्योरेन्स बनेको थियो । मर्जर पछिको एकीकृत कारोबारमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा उल्लेख्यरुपमा बढेको कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्