फेरि घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?



काठमाडौं ।

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो।

आज छापावाल सुन १ लाख १९ हजार ५ सय र तेजाबी सुन १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख २० हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्