जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं ।

आज पुस १७ गते मंगलबार जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । कम्पनीले लगानीकर्तालाई १४.७३ प्रतिशत लाभांश वितरण गर्दैछ ।  जसअनुसार लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३ प्रतिशत नगद वितरण गर्दैछ ।

सभा यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय, कटहरी–२, मोरङ्गमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । उक्त लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।  यस कम्पनीले बुधबार पुस १८ गते बुक क्लोज गर्दैछ । तसर्थ, पुस १७ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्