प्रभु बैंकका सिइओ शेरचन राष्ट्रपतिद्वारा सम्मानित



काठमाडौं ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्मानित भएका छन् ।

 बुधबार सातौं बागलुङ महोत्सवमा शेरचन राष्ट्रपति पौडेलद्वारा सम्मानित भएका हुन् । राष्ट्रपति पौडेलले सिइओ शेरचनलाई सम्मानपत्र प्रदान गरेका हुन् ।

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा सफल नेतृत्व गरेको र बैकिङ क्षेत्रबाट देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै सिइओ शेरचनलाई सम्मान गरिएको हो ।

बागलुङमा जन्मेका शेरचन यतिखेर सक्षम र सवल बैंकरको रुपमा स्थापित छन् । बैंकिंग क्षेत्रमा उनको २८ बर्षको अनुभव छ ।शेरचनको नेतृत्वमा रहेको प्रभु बैंकले केहीसमय अघि मात्रै ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्