लैङ्गिक हिंसा अन्त्यका ३३ प्रतिशत महिला सभासदहरु प्रत्यक्ष निर्वाचित हुनुपर्छ 



काठमाडौँ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा एबीसी नेपालले आयोजना गरेको हिंसा पछिको जीवन आदान प्रदान कार्यक्रम विविध कार्यक्रमका साथ सम्पन्न भयो  ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले हरेक वर्ष राखिने स्लोगन अनुसार काम गर्‍यो भने प्रभावकारी हुन्छ । लैङ्गिक हिंसामा महिला मात्र नभएर पुरुषहरुपनि पिडित छन् । लैङ्गिक हिंसाको वास्तवमै अन्त्य गर्ने हो भने बालबालिकाहरुलाई प्राथमिकतामा राखी उनीहरुलाई जनचेतना जगाउँनुपर्छ । विभेदका कुराहरुको अन्त्य घरबाट सुरु हुनुपर्छ भनिन्  ।

‘जनचेतना प्रि स्कूलबाट सुरु हुनुपर्छ, बालबालिका छोरा र छोरीलाई समान गर्नुपर्छ अनिमात्र विभेद्ले ठूलो रुप लिँदैन । घटना घटेपछि समाचार बनाउने नभै घटना नै घट्न नदिने तर्फ महिला र बालबालिकाको अधिकार सुनिश्चित हुने गरी काम गर्नुपर्छ । म अहिले उच्च पदमा बसेर हेर्दा कानून बन्ने ठाउँमा आउँनुहुने ८० प्रतिशत महिला सभासदहरु प्रतिनिधि सभा, राष्ट्रिय सभामा आउनुभएको छ। उहाँहरुलाई सवल बनाउन समानुपातिकबाट हैन प्रत्यक्ष लडेर आउनुपर्ने रहेछ । समानुपातिक पुरुषकै दयामा आएजस्तो हुँदा हिनताबोध छ ।

यो स्थानसम्म पुरुषले नै ल्याईदिनुभएको हुन्छ, अनि उस्कोविरुद्ध किन र कसरी बोल्ने भन्ने धारणा धेरैमा देखे । धेरै घटनाहरु घटीराखेकोछ, बालबालिका, महिलालाई कुटपिटबाट चोट परिराखेको हुन्छ तर ढाकछोप गरी लडेर चोट परेको भन्न लगाइन्छ । यस्ता घटनामा महिला आफै आर्थिक रुपमा सवल नभएसम्म  सत्य तथ्य बाहिर आउँदैन । अन्धा प्रेमले गर्दा पनि अन्याय सहन्छौ । यस्ता विषयमा परिवर्तन ल्याउँन जरुरी छ । महिलाहरुलाई शिक्षित बनाएर महिलाको र पुरुषको मानसिकतामा परिवर्तन ल्याउँनुपर्ने खाँचो छ । पुरुषहरुले जब सम्म यो मेरो हजुरआमा, आमाको, दिदी, बहिनी, भाउजु, बुहारी, श्रीमती, छोरी, साथीको कथा व्यथा हो भनेर बुझ्नु हुन्न लैङ्गिक हिंसाको अन्त्य गर्न सकिन्न । त्यसैले पुरुषलाई महिलाहरु रबरस्ट्याम्प हैन, उहाँहरुले पनि जनताको आजव लिएर जिम्मेवारीका साथ सदनमा आउँनुभएकोछ भन्ने बुझ्नुपर्छ । जनताको आवाज पुर्‍याउने माध्यम हुन् ।’उनले भनिन्।

महिला तथा बालबालिकाको अधिकारका विषयमा धेरै बिधेय बन्नुपर्नेमा ४ वटा मात्र विधेयक बनेकोछ । कति विधेयकहरु बन्नुपर्नेमा १२ वटा विधेयक प्रतिनिधि सभामा र ५ वटा विधेयक राष्ट्रिय सभामा थाती छ । यसका लागि जति काम हुनुपर्ने थियो त्यति भएको छैन । यस्ता काम समयमै टुंग्याउँन, जिम्मेवार बन्न महिलालाई प्रत्यक्षमा ३३ सिट निर्धारण हुनुपर्छ । यसमा लगानी हुनुपर्छ ।

चलचित्र बनाउने, पत्रकारिता गर्ने महिलाहरुका लागि पनि सुरक्षाका लागि लगानी हुनुपर्छ । उहाँहरुले समाजमा घटेका घटना कथामा प्रस्तुत गर्नुहुन्छ । कथा जहिले पनि जीवन्त र शक्तिशाली हुन्छ । यस्ता धेरै सत्य घटनालाई उजागर गर्न लगानीको खाँचो छ । राष्ट्रिय बाल परिषद्का कुरा जहिले रेडबुकमा आउने मन्त्रालयमा पुग्ने बित्तिकै राजनीतिकरण हुने गरेको छ । स्वत कार्यक्रममा जाने योजना मन्त्रालयमा आएका विषयमा गृहमन्त्री र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीसँग प्रश्न राख्दा त्यता पछि जान्छ भन्नुभयो । मैले राजनीतिकरण हुँन्छरे भनेर दबाब दिएको थिए आज परिषद्मा बजेट गएको छ ।

यसरीनै लबी गर्नुपर्छ भनिरहँदा मलाई पनि बोल्ने स्वतन्त्रता छैन । जहिले पनि रातारात खट्ने योजनानै बनाएर हिड्ने मान्छे हुँ । अहिले पनि बालबालिकाको पोषण, स्वास्थ्य, शिक्षाका बिषय उठेका छन् । पोषण भनेको खाना मात्र हैन, पोषण भनेको आमाको प्रेम, ममता हो । जुन बालकले यो सुविधा पाउँछ उत्ति नै स्वस्थ हुन्छ । हरेक बालबालिका प्रत्यक्ष वा अप्रत्यक्ष हिंसामा परेर आएका हुन्छन् ।

दुवै बाबुआमाहरु जेलमा पर्दा बालबालिका असहाय भएर बलात्कार जस्तो जघन्य घटना भएको छ यो कुरा कसैले उठाउँदैन । त्यसैगरि बाबुआमासँग बच्चालाई जोडेर अपराधिका छोराछोरी भनेर समाजको अपहेलनामा परि सडकमा पुगेका छन् । यस्ता विकराल अवस्थाको सम्बोधन हुनुपर्छ । महिलाहरुलाई खुलेर बोल्न सक्ने, आर्थिक सहजता बनाउने काममा अघि बढ्न सकिन्छ । शिक्षाको कमीकै कारण केटीमान्छेले केटी मान्छेलाई बेच्ने गिरोहको काम गरेको पाएकोछु । कति महिलालाई श्रीमानले नै बेचेर एचआईभी भएर अपराधीको सज्ञा दिँदै जेल हालेर यातना दिएको र त्यही मृत्यु भएका घटना छन् । बन्दीहरु सबै अपराधी हुँदैनन् त्यस्ता सर्भाइभर महिलाहरु र बालबालिकाको उद्धारका लागि खटेकाले मैले बुझेको छु । आमा र बालबालिकालाई आर्थिक सबल बनाउन नीति नियम बनाएर लागिपर्नुपर्छ उपसभामुख थापाले भन्नुभयो ।

कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको सशक्त योद्धा एबीसी नेपालका संस्थापक संरक्षक दुर्गा घिमिरेले पकेट खर्चबाट ४० वर्ष अघि एबीसी नेपालको सुरुवात गरेको र आज पिडामा परेका महिलाहरुले संरक्षण मात्र पाएका छैनन् आर्थिक उपार्जनका लागि समेत अघि बढेका छन् । मैले २ सन्तान जन्म दिए तर आज ६० हजार भन्दा बढी पिडामा परेका महिला तथा बालबालिकाहरुको आमा बनेकोछु भनिन्  । उनले आफूले शुरुका दिनमा लैङ्गिक हिंसामा परेका महिलाहरुको उद्धार र सरक्षणका लागि आर्थिक अभाव हुँदा निकै सघर्ष गरी गित निकाल्ने, सहयोगीसँग हात फैलाउने अनेकन कष्ट गरियो । आज काठमाडौँको नरेफाटमा आफ्नै भवनमा पीडितलाई उद्धार गरी आत्म निर्भर बनाउन सफल भएको छ भनिन् ।

हिंसा पिडित सुमिना भट्राईले एबीसीले मलाई उच्च शिक्षा दिएर मेरो जीवन सार्थक बनाएको छ । अब यस्ता पिडितको जन्म दर्ता, नागरिकता, रोजगारीका विषयमा सरोकारवाला निकायको ध्यानाकर्षण गराउन चाहन्छु भनिन्  । कार्यक्रममा चाददी राना लगायतका अतिथिले लैङ्गिक हिंसा विरुद्धका विषयमा प्रकाश पारेको थियो । त्यसैगरि महिला हिंसा विरुद्धको नाटक पनि प्रस्तुत गरिएको थियो । १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान देश व्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी  आइतबार सम्पन्न भयो ।

प्रतिक्रिया दिनुहोस्