सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ।

नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५०रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख २१ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा आजको मूल्य २ हजार ४०० रुपैयाँले कम हो ।

त्यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रति तोला १५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्