एनआईसी एसिया बैंकले प्रिमियम दर घटायो



काठमाडौं।

एनआईसी एसिया बैंकले सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरेको छ । यसभन्दा अगाडि ३ प्रतिशतभन्दा बढी प्रिमियम भएका ग्राहक महानुभावहरूको कर्जामा ३ प्रतिशत प्रिमियम कायम गरिएको छ ।

जसअनुसार बैंकको मंसिर महिनाको औसत आधारदर १० दशमलव ७ प्रतिशत रहेकोमा त्यसमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जाको अधिकतम् ब्याजदर १३ दशमलव ७ प्रतिशत कायम गरिएको छ ।

बैंकले ल्याएको यो नयाँ प्रिमियम दर फोन लोन र क्रेडिट कार्ड बाहेक बैंकबाट प्रवाह भएका अन्य कर्जाहरू जस्तै घर कर्जा, व्यवसाय कर्जा, सवारी कर्जा, शेयर कर्जालगायत सम्पूर्ण कर्जामा लागू हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्