विज्ञापन क्षेत्रको सफलता, सबैको सरोकार- आजकोे आवश्यक्ता



नेपालको विज्ञापन उद्योग अहिले एउटा यस्तो निर्णायक अवस्थामा छ, जसले बजार व्यवस्थापकहरूलाई आफ्नो दृष्टिकोण पुनः परिभाषित गर्ने विशेष अवसर प्रदान गरेको छ । विश्वव्यापी प्रचलनर स्थानीय मूल्य मान्यताहरूको सम्मीश्रण र नेपालको समृद्ध सांस्कृतिक संस्कारसँग अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूलाई मिसाएर विज्ञापनको क्षेत्रमा नयाँ मापदण्डहरू स्थापित गर्न एक सुनौलो अवसर प्राप्त भएको छ।

यस लेखमा हामी नेपालको मौलिक मूल्यमान्यतासँग विश्वव्यापी प्रचलनलाई सन्तुलनमा राख्नुपर्ने आवश्यक्तामा केन्द्रित हुँदै नेपालको विज्ञापन क्षेत्रको सफलता अभिवृद्धि गर्न आवश्यक रणनीतिहरूको बारेमा चर्चा गर्नेछौं ।

हाम्रो परिवेशको अवस्था

नेपालको जनसंख्याको ७० प्रतिशत ३५ वर्षमुनिकायुवाहरूले ओगटेका छन् । यो उर्जावान् युवाबजारआधुनिक र परम्परागत मूल्यमान्यताहरू बीचभएको एउटा सम्मिश्रणको खोजीमा छ । यो गतिशील जनसांख्यिक बजारसँग जोडिन बजार व्यवस्थापकहरूले उनीहरूको परिवर्तित आकांक्षाहरूलाई बुझ्न र पूरा गर्न जरुरी छ।

नेपालका धेरै युवाहरू देशमा विद्यमान अवसरहरूभन्दा बाहिर अर्थात् विदेशको महत्वकांक्षा पालेर बसेका छन् । यद्यपि, देशको लागि जनसांख्यिक लाभांशको पनि प्रतिनिधित्व गर्ने यो वर्गलाई देशभित्रै टिकाइराख्न र देशमै योगदान दिन सक्ने वातावरण सिर्जना गर्ने अवसरको खोजी गर्नु आजको आवश्यक्ता हो ।

आर्थिक परिवर्तनहरूको पहिचान

ग्रामीण–शहरी बसाइसराइ र फैलँदै गएको प्रवासी इकोसिस्टमका कारण वृद्धि हुँदै गैरहेको मध्यमवर्गले आगामी वर्षहरूमा आशाजनक आर्थिक बृद्धिको चरण तय गर्नेछ । विभिन्न सामाजिक र आर्थिक वर्गहरूको महत्वाकांक्षा बढ्दै गएको छ । बजार व्यवस्थापकहरूले उपभोक्ताहरूको परिवर्तित आकांक्षाहरूको पहिचान गर्दै त्यसलाई सम्बोधन गर्ने विज्ञापन अभियानहरू चलाउनु पर्ने आवश्यक्ता छ ।

“नेपालीकरण” (नेपालाईजेसन) लाई अँगाल्न आवश्यक

बजार व्यवस्थापकहरूले भाषालाई मात्र अनुवाद नगरी देशको समृद्ध सांस्कृतिक संस्कारलाई अँगीकार गरेर आधिकारिक रुपमै “नेपालीकरण” (नेपालाईजेसन) गर्नु जरुरी छ । वास्तविक सम्बन्ध स्थापित गर्न, त्यसमा पनि विशेषगरी महत्वाकांक्षी युवा वर्गलाई आकर्षित गर्न स्थानीय मूल्य मान्यतालाई गहन रुपमा बुझ्न र सम्मान गर्न आवश्यक छ । दीर्घकालीन र अर्थपूर्ण पहुँचका लागि स्थानीय संस्कृतिको मूल मर्मलाई आत्मसात् गर्नु नितान्त जरुरी छ ।

ब्रान्ड अनुभव सिर्जना गर्न प्रविधिको सुविधा

प्रविधिमाआएको परिवर्तनका कारण बजार व्यवस्थापकहरूलाई विविध समूहका उपभोक्ताहरू समक्षआफ्नो सन्देश पठाउन सहजभएको छ । बजार व्यवस्थापकको एक शक्तिशाली उपकरणको रुपमाउभिएको प्रविधिले उपभोक्ताहरूमाझ यक्तिगत ब्राण्ड अनुभव सिर्जना गर्न सघाएको छ । तर व्यवसायी र उपभोक्ताबीच सूचनाको आदानप्रदान र उपभोक्ताले प्राप्त गर्ने सन्देशमा पनि एकरुपता हुनुपर्नेमा ध्यान दिन जरुरी छ ।

रणनीतिक सोचको आवश्यकता

विगतमा व्यवसायीहरूको उदेश्य बिक्री केन्द्रित थियो तर हालैका दिनहरूमा धेरैजसो कम्पनीहरूले रणनीतिक र दीर्घकालीन दृष्टिकोणको महत्वको बोध गर्न थालेका छन् । नेपालको परिवर्तनशीलबजारको गतिशिलतालाई सम्हाल्न रणनीतिक सोच महत्वपूर्ण हुदै गएको छ । बजार व्यवस्थापकले मिडियाको बद्लिंदो भूमिका र उपभोक्ताको बदलिदो व्यवहारलाई बुझेर आफ्नो रणनीतिहरूमा समायोजन गर्न जरुरी छ ।

मार्केट कनेक्टिभिटी र मिडिया उपभोगको ढाँचालाई अनुकरण गर्ने

राजमार्गहरूको बढ्दो सञ्जालसंगै बढ्दो आप्रवासी समुदाय र मिडिया उपभोगको तरिकामा आएको परिवर्तनका कारण कम्पनीहरू त्यसलाई अनुकरण गर्नु पर्ने आवश्यक्ता बढेको छ । सडक सञ्जाल विस्तारका कारण देशभर आफ्नो व्यवसाय विस्तार गर्ने लक्ष्य राखेका व्यवसायीहरू प्रत्यक्ष खुद्रा बिक्रिमार्फत् उपभोक्ताको फराकिलो दायरामा पुग्न सक्छन् । सफल ब्रान्डहरूले आफ्नो बलियो ग्रामीण उपस्थितिका साथ सेवा विस्तार गरेर राम्रो उदाहरण प्रस्तुत गर्न सक्छन् । बजार व्यवस्थापकहरूले आफ्नो विज्ञापन अभियानलाई अझै प्रभावकारी बनाउन परिवर्तनका यी विकसित आयामहरूमा ध्यान पु¥याउन आवश्यक छ।

सूचित–निर्णय प्रक्रियाको आवश्यकता

उद्योगहरू फस्टाउनका लागि स्ट्यान्डर्ड मेट्रिक अपनाउनु आवश्यक छ । विश्वव्यापी अभ्यास र सामाजिक सञ्जालहरूका कारण अहिले बजार व्यवस्थापकलाई आफ्नो विज्ञापन अभियानमा कति लाइक, भ्यूज, सेयर र टिप्पणीहरू आयो, उक्त विज्ञापनले कति प्रभाव पार्यो, भन्ने कुराको वास्तविक–समय तथ्यांक सहजै उपलब्ध हुन्छ । यसले विज्ञापन अभियानको प्रभावकारिताको सम्बन्धमा विस्तृत म्यापिङ अर्थात सूचना दिन्छ।

सामाजिक सञ्जालको यो सुविधाका कारण कम्पनीहरूले मूलधारका मिडियाबाट पनि यस्तै खालको मापन प्रणालीको अपेक्षा राख्न थालेका छन् । जसले बजार व्यवस्थापकहरूलाई सूचित–निर्णय लिन मद्दत गर्नेछ र विज्ञापन प्रभावकारी रूपमा सही वर्गसम्म पुगेको सुनिश्चित गराउने छ ।

दक्ष जनशक्तिको चुनौती र उद्योगको पुनः ब्रान्डिङ

विशेषगरी आइटी र वैदेशिक रोजगारीमा बढ्दो आकर्षणका कारण अहिले विज्ञापन उद्योगहरूलाई प्रतिभावान र क्षमतावान कर्मचारीहरूलाई टिकाइराख्न कठीनाई परेको छ । यो समस्यालाई सम्बोधन गर्न उद्योगको पुनः ब्रान्डिङ र उद्योगप्रति विशेष आकर्षण पैदा गर्नुका साथै प्रतिस्पर्धी प्रोत्साहन प्रदान गर्ने र युवा जनशक्तिहरूको परिवर्तित आकांक्षालाई बुझ्नु जरुरी देखिन्छ ।

अप्टिमाइजेसनका लागि एआई

विज्ञापन उद्योगको पुनः ब्रान्डिङमा प्राविधिक परिवर्तले मात्र भूमिका निर्वाह गर्दैन । यसमा विज्ञापन एजेन्सीले ब्रान्डका लागि “समस्या समाधानकर्ता“ र “ग्रोथ पार्टनर” को भूभिका खेल्नु पर्ने हुन्छ । विज्ञापन अभियानको प्रभावकारिता र अप्टिमाइजेसनका लागि प्रविधि, तथ्यांक र एआई (आर्टिफिसियल इन्टेलिजेन्स)लाई आत्मसात् गर्नु जरुरी छ । आगामी वर्षहरूमा विज्ञापन उद्योगले समस्या समाधानकर्ता र साझेदारको रूपमा अझै महत्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ ।

नेपालको विज्ञापन उद्योगको आगामी बाटो सांस्कृतिक विविधताको मूल्यमान्यता, प्रविधि र रणनीतिक सोचको एउटा पूर्ण दृष्टिकोणसहितको हुन जरुरी छ । विज्ञापनको भविष्यलाई सही आकार दिनका लागि युवाहरूको आवश्यक्ता बुझ्न, प्रविधिको प्रयोग गर्न र स्थापित अभ्यासहरूको पालन गर्न आवश्यक छ ।
यो यात्रामा हाम्रा युवा पुस्ताको अपेक्षाअनुसार विश्वव्यापी अभ्यासका साथै नेपालको समृद्ध संस्कृति र संस्कारको बीचमा सन्तुलन आवश्यक छ । हामीले हाम्रायुवा पुस्तालाई विश्वव्यापी मञ्चमा प्रतिस्पर्धा र विकास गर्न सही मार्ग प्रस्तुत गर्न सक्नुपर्छ ।

(उजय शाक्य आउटरिच नेपालका संस्थापक र ब्रान्डसूत्रका लेखक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्