नर्सिङको लाइसेन्स परीक्षामा ८१ प्रतिशत फेल 

नर्सिङ पढाइको गुणस्तरमै शंका उब्जियो



काठमाडौँ। 

नेपालको स्वास्थ्य शिक्षा कमजोर हुँदैछ भन्ने संकेत शनिवार लिइएको स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको लाइसेन्स परीक्षाको नतिजाले प्रष्ट्याएको छ ।
नेपालको नर्सिङ लाइसेन्स परीक्षामा यति धेरै परीक्षार्थी असफल हुनुले नर्सिङ पढाइको गुणस्तरमै शंका उब्जिएको छ ।

नेपाल नर्सिङ परिषद्ले शनिवार काठमाडौँका दुई वटा केन्द्रहरुबाट ३४ औँ लाइसेन्स परीक्षाका लागि नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान सानोभर्याङ र बागमती कलेज सुकेधारा सेन्टर तोकि परीक्षा लिएको थियो ।  परीक्षामा पीसीएल तर्फ सहभागीमध्ये ८१ प्रतिशत फेल भएको नतिजा सार्वजनिक भएसँगै पढाइको गुणस्तरमानै प्रश्न उठेको छ ।

नतिजा कमजोर भएको विषयमा परीक्षा समितिकी प्रवक्ता शकुन्तला प्रजापति भन्छिन्–यसपटक परीक्षामा सामेल हुने पीसीएल नर्सिङ तर्फका विद्यार्थीहरु पहिला पनि धेरैपटक फेल भएका र थोरै सङ्ख्या बीपीकेएचएसबाट सहभागी रेगुलर विद्यार्थी थिए । जम्मा १ हजार २ सय ७० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमा २ सय ४६ जना ( १९.३४ प्रतिशत) पास भएका छन् । त्यसैगरी  शनिवारै लिएको बीएस्सी नर्सिङका विद्यार्थीहरूको लाइसेन्स परीक्षामा सहभागी हुने पनि पुराना र नयाँ विद्यार्थी थिए र ५० प्रतिशतको हाराहारीमा पास भएका छन् । यतिबेला नेपालमा नर्सिङ पढाइप्रति देखिएको विद्यार्थीहरूको आकर्षणलाई शैक्षिक केन्द्रहरुले गुणस्तरीय शिक्षा दिन नसकेको हो कि भन्ने प्रश्न उठिरहेको सर्वत्र चर्चा भएको छ ।

उत्ता स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले भने स्वास्थ्य क्षेत्रमा ५ बर्षपछि स्वास्थ्यकर्मी नपाउँने अवस्था भएकाले १ सय देखि ३ सय बेड सञ्चालनमा आएका स्वास्थ्य संस्थाहरुमा नर्सिङ पढाई स्वीकृत गरिनुपर्ने विषयमा संसदमा छलफल गराउन लागेको विषय सार्वजनिक गरेका छन् ।

बर्षेनी उत्पादन हुने नर्सहरु रोजगारिको अभावमा विदेशीने क्रम पनि उत्तिकै बढेको छ । नेपाललाई मेडिकल हब बनाउँन सकिने तर्क दिँदै स्वास्थ्य मन्त्री बस्नेतले प्रस्ताव सरकार समक्ष लैजाने तयारी गरिरहँदा नेपालमा पढेका नर्सहरुको नतिजाले एकपटक सोच्न बाध्य बनाएको नर्सिङ परिषद्को पदाधिकारीहरुले बताएका छन् ।

पिसिएलमा भन्दा बीएस्सी नर्सिङमा सहभागी विद्यार्थीको नतिजा सुधारात्मक देखिनुमा उनीहरु भर्खरै पासआउट भएका विद्यार्थी भएको प्रजापति बताउँछन्  । उनका अनुसार बीएसी नर्सिङ तर्फ ४ सय १४ जनामध्ये २ सय ३ जना (४९.०३ प्रतिशत) पास भएका छन् । यस अघिको परीक्षामा १६ पटक परीक्षा दिएर पास हुने पनि छन् । नर्सिङ परिषद्ले बर्षमा ३ पटक नर्सिङ लाइसेन्स परीक्षा लिने गरेको र यसअघि लिइएको परीक्षामा ८० प्रतिशतको हाराहारीमा पास भएका थिए । त्यतिबेला नियमित विद्यार्थी धेरै थिए प्रवक्ता श्रेष्ठ भन्छन्  ।

प्रतिक्रिया दिनुहोस्