सेयर बजार सामान्य अंकले बढ्यो



काठमाडौं ।

तिहार तथा छठ पर्वको बिदापछि सोमबार खुलेको सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार १.३९ अंकले बढेर १८५३.४९ बिन्दुमा पुगेर बन्द भएको छ ।

सोमबार ११९ वटा कम्पनी उकालो लाग्दा ११३ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटाको स्थिर रह्यो ।

सोमबार ३३ लाख १९ हजार ५५८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९ रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्