सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?



काठमाडौँ।

नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँले बढेर कारोबार भएको छ ।

यस दिन छापावाल सुन तोलाको एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत कात्तिक २७ गते छापावाल सुन तोलाको एक लाख १३ हजार २०० रुपैयाँ कायम थियो ।

आज तेजाबी सुन तोलाको एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले बढेर कारोबार भएको छ । चाँदी तोलाको एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्