आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?



काठमाडौँ।

नेपाली बजारमा बुधबार पनि सुनको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १४ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला एक हजार तीन सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार चार सय ५ रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा २० रूपैयाँ घटेको हो।

प्रतिक्रिया दिनुहोस्