१६ औँ गोदावरी मेलामा दुई दिनमा साढे एघार हजारले गरे अवलोकन

२९ लाख भन्दा बढीको कारोबार

0
Shares

काठमाडौँ ।

‘रोपेर फूलगोदावरी, सजाऔँ घर आँगन वरिपरि’भन्ने नाराका साथ मंगलवारबाट ललितपुरको जावलाखेल खेल मैदानमा सुरु भएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी दोस्रो दिन मेलामा अवलोकन कर्ताको घुइँचो बढेको छ ।

आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार  पहिलो दिन मंगलबा ४ हजार २५ र दोस्रो दिन बुधवार ७ हजार २०० ले मेला अवलोकन गरेका छन् । मेला कार्तिक १८ गते (शनिवार) सम्म चल्नेछ ।

पुष्प विकास केन्द्र सह आयोजक रहेको उक्त प्रदर्शनीमा कृषिपूर्वाधार विकास तथा कृषियान्त्रीकरण प्रवद्र्धन केन्द्रको सहयोग रहेको छ भने सेवा कोकोपिटले प्रयोजन गरेको छ । कृषिविकास बैंक बैंकिङ साझेदार रहको छ ।

पहिलो र दोस्रो दिन गरेर कुल ११ हजार ४५० जनाले मेला अवलोकन गरेको र करिब २९ लाख २५ बढीले मेला अवलोकन गरेको अध्यक्ष मीनबहादुर तामाङले बताए । विगतमा ४ दिने मेला हुने गरेकोमा यस वर्ष १ दिन थप गरी ५ दिने मेलाआयोजना हुने उनले  जानकारी दिए ।

प्रदर्शनीमा व्यावसायिक स्टल ६१, प्रतियोगितात्मक स्टल २, फ्लावर सजावट स्टल २ र सूचनामूलक ५ लगायत गरी ७० वटा स्टल रहेका छन् ।

हाल नेपालमा ४८ जिल्लामा करीब २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको फ्यानको तथ्याकं छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ४४ हजार भन्दा बढी जनशक्ति रोजगारमा संलग्न छन् ।

यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढिले प्रत्य क्षअवलोकन गर्ने साथै एक करोड भन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।

मेलाको थप आकर्षणहरुमा यस बर्ष सेवा कोकोपिटद्वारा प्रायोजित हरेक दिन बिक्री हुने गेट टिकट नम्बरको आधारमा सोही दिन बेलूकी लक्की ड्र गरी विजेता हुन सफल एक जना मेलाअवलोकन कर्ताहरुलाई गमला सहितको ५ वटा आकर्षक गोदावरी फूलको बिरुवा र ५ किलोको सेवा कोकोपिट उपहार प्रदान गरिने कार्यक्रम अनुसार २०८० कार्तिक १५ गतेको विजेता टिकट नं.१९१७ रहेको समेत जानकारी दिएको छ ।

Skip This