सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ किनबेच?



काठमाडौँ।

नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ।

पछिल्लो तीन दिन लगातार घटेको सुनको भाउ आज भने प्रतितोला सात सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्