माछापुच्छ्रे क्यापिटलको साधारण सभा सम्पन्न



काठमाडौं ।
माछापुच्छ्रे क्यापिटलको चौथो वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

साधारण सभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आव २०७९-८० को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, आव २०८०-८१ का लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्ताव पारित भएका छन् ।

कम्पनीले धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवा प्रवाह गर्दै आएकोमा हाल सामुहिक लगानीकोष अन्तर्गत कोष व्यवस्थापक तथा डिपोजिटरीको लाइसन्सको प्रक्रिया अन्तिम चरणमा पुगेको र कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकलगायतका थप सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्