पूर्व वडाध्यक्ष अधिकारीले ल्याए ‘खाडीको लाहुरे’ (भिडियोसहित)



काठमाडौं । डिल्लीराम अधिकारीको स्वरमा ‘खाडीको लाहुरे’ बोलको गीत भिडियोसहित नेपमेलो युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

भोजपुरको अरुण गाउँपालिका वडानम्बर–७ का पूर्व वडाअध्यक्ष तथा गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षका उम्मेदवारसमेत रहेका अधिकारीले ‘खाडीको लाहुरे’ गीतमार्फत पहिलो पटक गायकका रुपमा डेब्यु गरेका हुन् ।

सानैदेखि गायनमा रुचि राख्ने अधिकारीले यस गीतमार्फत गायनमा राम्रो संभावना देखाएका छन् । समसामयिक सामाजिक विषयवस्तुमा आधारित देशनरेश अधिकारीको शब्द रचना र संगीत रहेको गीतमा योगेश काजीको संगीत संयोजन रहेको छ ।

भिडियोमा अर्जुन सापकोटा, जुना कार्की, रेखा अधिकारी र देशनरेश अधिकारीले अभिनय गरेका छन् । भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् भने छायांकन बुद्ध थापाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्