योङ लाइन्सलाई फुटसल उपाधी



बाँके । रोयल नेपालगञ्ज दोस्रो महेश थापा स्मृति फुटसल प्रतियोगिताको उपाधी योङ लाइन्स एफसीले जितेको छ । कोहलपुर फुटसल एण्ड गेम संसारलाई ट्राइबेकरमा २–१ गोलले पराजितगर्दै योङ लाइन्सले उपाधि जित्यो ।

निर्धारित समयमा खेल ४–४ गोलको बराबरी टुंगिएको थियो । योङ लाइन्सले शुरुदेखि नै अग्रता लिए पनि कोहलपुर बराबरी गर्न सफल भएको थियो । कोहलपुर र रोयलको खेल गोल नभई बराबरीमा टुंगिएपछि ट्राइबेकरबाट निर्णय लिइएको थियो ।

१२ वटा टीम रहेको प्रतियोगिताको विजेता योङ लाइन्सले ५५ हजार ५ सय ५५ र उपविजेता कोहलपुरले २७ हजार ७ सय ७७ रुपैया पुरस्कार पाएका छन् । प्रतियोगिताको उत्कृष्ट किपर सागर विष्ट, उच्च स्कोरर अशोक केसी र प्लेयर अफ द टुर्नामेन्ट विनोद शाहीले जिते । यी तीनै जना खेलाडी योङ लाइन्सका हुन् । फेयर प्लेको पुरस्कार नेपालगञ्ज फुटसल मोर्निङ टीमले पायो ।

प्रतिक्रिया दिनुहोस्