न्यू त्रियुगाको जित



उदयपुर । आठौं नारदमुनि थुलुङ स्मृति गोल्डकपको दोश्रो दिन आइतबार न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरीले दमक फुटबल एकेडेमी झापालाई पराििजत गरेको छ ।

खेलको पहिलो हाल्फ दुबै टिमले १–१ गोलको बराबरी खेलेका थिए । खेलको २०औं मिनेटमा न्यू त्रियुगाका विशाल घलानले सुरुवाती गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको २६औं मिनेटमा दमकका किस्मत लिम्बुले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

दोश्रो हाफको ४ मिनेटमै न्यू त्रियुगाका बिदेशी खेलाडी फोफोनाले गोल गर्दै टोलिलाई २–१ को अग्रतामा पु¥याए । यसपछि गोल नभएपछि न्यू त्रियुगाको जित संभव भएको थियो।

प्रतिक्रिया दिनुहोस्