मुम्बईको फेस्टिभलमा नेपालकी विदुषीको चिसो घर



एभरेस्ट फिल्म एकेडेमीबाट फिल्ममा डिप्लोमा गरी फिल्म निर्देशन गरेकी विदुषी गिरीको लेखन र डेब्यू निर्देशनमा बनेको पहिलो फिल्म नै भारतको मुम्बईमा हुने अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलका लागि चयन भएको छ।

गिरीको लेखन र डेब्यु निर्देशनमा बनेको सर्ट फिल्म चिसो घर जियो मामी मुम्बई फिल्म फेस्टिभलका लागि चयन भएको हो। आगामी अक्टोबर २७ देखि नोभेम्बर ५ सम्म चल्ने सोसल ड्रामा जनराको फिल्मको सो फेस्टिभलबाटै वल्र्ड प्रिमियर हुने भएको छ। थर्ड डाइनेन्सन पिक्चर्स, सिमल सिनेमा र एभरेस्ट फिल्म एकेडेमीद्वारा संयुक्तरूपमा निर्माण गरिएको ११ मिनेटको फिल्ममा सोनिका शाही ठकुरी, सरिता गिरी, लोकेन्द्र लेखक, सुवास बम्जन र मारिया कार्कीले अभिनय गरेका छन्।

फिल्ममा विदुषीकै कथा, पटकथा र संवाद, विपिन स्थापितको पाश्र्व संगीत र साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर, चक्र महर्जनको छायांकन र पासाङ दावाको सम्पादन रहेको छ। फिल्मकी निर्देशक गिरीका अनुसार फिल्म फोकस साउथ एसिया सेक्सनअन्र्तगत वल्र्ड प्रिमियरका लागि छानिएको हो। यो फिल्म फेस्टिवलमा अप्रतिपस्र्धी फिल्मका रूपमा छनोट भएको हो। आप्mनो पहिलो प्रयास नै मुम्बई फिल्म फेस्टिभलजस्तो महत्वपूर्ण अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट हुनु गौरवको विषय भएको भन्दै गिरीले खुसी व्यक्त गरिन्। ७० भन्दा धेरै देशका दुई सय ५० फिल्म सहभागी फेस्टिभलको बलिउड अभिनेत्री तथा पूर्व विश्व सुन्दरी प्रियंका चोपडा अध्यक्ष रहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्