सेनामा गरिने राजनीतिक चलखेल अस्वीकार्य : डा.शेखर कोइराला



काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइरालाले नेपाली सेनामा गरिने राजनीतिक चलखेल स्वीकार नहुने बताएका छन् । उनले आज (आइतबार) बिहान सामाजिक सञ्जाल एक्समार्फत यस्तो बताएका हुन् ।

शेखरले नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिबाट अलग रहेको संस्थामा माओवादी पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने उल्लेख गरेका छन् ।

सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगर्न उनले जोडदिएका छन् ।

शेखरले एक्समा लेखेका छन्– ‘नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैँ राजनीतिबाट अलग रहेको संस्थामा माओवादीको पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन । सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौँ । सम्बन्धित निकायहरूलाई यो कुराको हेक्का होस् ।’

प्रतिक्रिया दिनुहोस्