थामी समुदायका विद्यार्थीलाई एसएस फाउण्डेशनको झोला



दोलखा । दोलखाको दुर्गम भेगमा पर्ने विगु गाँउपालिका वडा नम्बर– ८ थामीचाँगु स्थित कालिञ्चोक माध्यामिक विद्यालय (मावि) का तीन सय २१ जना विद्यार्थीलाई एसएस फाउण्डेशनले शनिवार विद्यालय झोला वितरण गरेको छ ।

ऐतिहासीक थामी समुदायका विद्यार्थी अध्यन गर्ने उक्त विद्यालयले आयोजना गरेको दशै लक्षित विशेष कार्यक्रमको अवसरमा विगु गाँउपालिकाका उपाध्यक्ष देविका थामी, वडा नम्बर– ८ का वडा अध्यक्ष हिरा थामी र एसएस फाउण्डेशनका दोलखा संयोजक नवराज खड्काले विद्यार्थीहरुलाई उक्त झोला वितरण गर्नु भएको थियो ।

एसएस फाउण्डेशनले विद्यालयमा अध्यन गर्ने नियमीत विद्यार्थीहरुलाई झोला वितरण गर्ने जानकारी पछि भर्ना भएर विद्यालयमा नियमीत नभएका १७ भन्दा बढी विद्यार्थी केही महिनादेखी दैनिक विद्यालयमा उपस्थित हुनेगरेको प्रधानाध्यापक सुन्दर प्रकाश पाण्डेले बताउनु भयो ।

कालिञ्चोक माध्यामीक विद्यालय थामीचाँगुका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लिला बहादुर थामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विगु गाँउपालिकाका उपाध्यक्ष देविका थामी, वडा नम्बर– ८ का वडा अध्यक्ष हिरा थामी, विद्यालयका प्रधानाध्यापक सुन्दर प्रकाश पाण्डे, एसएस फाउण्डेशनका दोलखा संयोजक नवराज खड्का लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । सो अवसरमा सांस्कृतिक कार्यक्रम तथा सडक नाटक प्रर्दशन समेत गरिएको थियो ।

शिक्षा, स्वास्थ्य लगायतका सामाजिक गतिविधिमा सहयोग गर्दै आएको एसएस फाउण्डेशनले थामी समुदायका विद्यार्थीहरुलाई नियमीत रुपमा विद्यालय जान प्रोत्साहन गर्ने उदेश्यले झोला वितरण गरिएको फाउण्डेशनका संरक्षक शोभित उप्रेतीले बताउनु भयो । फाउण्डेशनको तर्फबाट विहिवार काठमाडौँमा संरक्षक शोभित उप्रेती र अध्यक्ष बरिष्ठ कलाकार मदनदास श्रेष्ठले दोलखा संयोजक नवराज खड्कालाई तीन सय २१ वटा झोला हस्तान्तरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्