नारदमुनि गोल्डकप शुरु



उदयपुर । नारदमुनी रंगशालामा शनिबारबाट नवौं संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्डकप २०८० सुरु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं। ४ बसाहा स्थित रंगशालामा नगरप्रमुख कालुमान लामाले प्रतियोगिता उदघाटन गरेका थिए । पहिलो खेलमा एभरेस्ट एफ सी सुनसरी बसाहा क्लब उदयपुरसंग २–१ गोल अन्तरले पराजित भयो ।

खेलको पहिलो हाफ दुबै टोलिले गोलरहित बराबरी खेलेका थिए। दोश्रो हाफको ५औ मिनेटमा बसाहाका का खेलाडीको प्रहार एभरेस्टका योगेस राईको खुट्टा लागेर गोलमा परिणत भएको थियो । यो गोलसँगै बसाहाले सुरुवाती अग्रता लिएको थियो ।

खेलको १९औं मिनेटमा बसाहाका जसबहादुर राईले गोल गर्दै टोलीलाई २–० को अग्रतामा पु¥याए । खेलको २६औं मिनेटमा एभरेस्टका निशान लिम्बुले गोल गर्दै २–१ को अवस्थामा पुर्याएका थिए । तर, कप्तान निशानको गोल हार टार्न पर्याप्त भएन । प्रतियोगितामा विजेता टोलीले नगद ४ लाख १ हजार र उपविजेता टोलीले २ लाख १ हजार नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्