सीएमएटी तयारी पुस्तक बजारमा



काठमाडौं । एनएमबी व्यवस्थापन संकाय उत्तीर्ण गरी आगामी दिनमा बीबीए, बीबीएम्, बीबीए -एफ, बीआएम्, बीटीटीएमका साथै अन्य विभिन्न विषय अध्ययन गर्न सीएमएटी परीक्षा दिन आवश्यक पर्दछ ।

उक्त सीएमएटी परीक्षा कक्षा १२ सम्म अध्ययन गर्दै आउँदा दिइने प्रवेश परीक्षाभन्दा भिन्न हुने समेत लेखक रोशनी तिमल्सिना बताउछिन् ।

उनका अनुसार अहिलेको आधुनिक पुस्ताको तीब्र चाहना अनुसारको सीएमएटी तयारी कक्षाप्रति आकर्षित बनेको छ ।

उक्त सीएमएटी परीक्षा गाउँदेखि शहरसम्म र प्रत्येक विद्यार्थीको पायक परोस् भन्ने हेतुले र विद्यार्थी पुस्तामा समेत सरल र सहज तवरले आधिकारिक तथ्यांक आवोस भन्ने हेतुले संजीव बस्नेत, रोशनी तिमल्सिना र इशान्त खतिवडाको लामो समयको मेहनतले तयार पारेको सीएमएटी तयारी पुस्तक प्रकाशित गरिएको तिमल्सिना बताउछिन् ।

यस पुस्तकमा परीक्षामा सोधिने ४ वटै खण्डलाई समावेश गरिएको छ । साथै सम्पूर्ण खण्डको विषयगत र वस्तुगत शैलीबाट सन्दर्भ सामग्री तयार गरिएको छ ।

२००२ बाट सुरुवात भएको सीएमएटी हालसम्म आइपुग्दा सोधिएको सम्पूर्ण प्रश्न पत्रसमेत यस पुस्तकमा उपलब्ध गराइएको छ । यस पुस्तकबाट कम्तीमा १ हजार ८ सय विद्यार्थी लाभान्वित हुने देखिन्छ ।

यो पुस्तकको सफ्ट कभरमा मुल्य रू.३५० र हार्ड कभरमा रू. ४००/- रहेकोछ । यो पुस्तक नेपालका अधिकाश पुस्तक पसलमा वितरण हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्