गाल्टियर कतारी क्लबको प्रशिक्षक



लन्डन, (एजेन्सी) । फ्रेन्च प्रशिक्षक किस्टोफ गाल्टियर कतारी क्लब अल दुहेलको प्रशिक्षक बन्ने भएका छन् । इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोका अनुसार गाल्टियर र क्लबबीच आपसी सहमति भइसकेको छ । क्लबले केही दिनमै औपचारिक घोषणा गर्नेछ । यही वर्ष फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडे यता गाल्टियर क्लबविहिन छन् ।

अल दुहेल कतार स्टार्स लिगमा पांच खेलबाट तीन जित, एक बराबरी र एक हारको नतिजासहित १० अंक जोडेर चौथो स्थानमा छ । ग्याटियरले पहिलो पटक फ्रान्स बाहिरको क्लब सम्हाल्न लागेका हुन् । पिएसजीअघि उनले लिल, निस र सेन्ट इटिनेको प्रशिक्षण सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्