नेपाल भाषाको तिब : द सपोर्ट पोस्टरमा



ओमशंकर श्रेष्ठको कथामा आधारित तथा रवि सायमीद्वारा निर्देशित नेपाल भाषाको फिल्म तिब : द सपोर्टको हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच पोस्टर सार्वजनिक गरिएको छ।

नेपालको वर्तमान सामाजिक परिवेशलाई चित्रण गर्दैै अमेरिकामा समेत छायांकन गरिएको फिल्ममा सुशील राजोपाध्याय, सरस्वती मानन्धर, कृष्ण भक्त महर्जन, सुनिता श्रेष्ठ, आशाकाजी थान्जु, संघरत्न शाक्यलगायत कलाकारले अभिनय गरेका छन्। ओमशंकर श्रेष्ठ, रवि सायमी र सुशील राजोपाध्यायको पटकथा, ओमशंकर श्रेष्ठ, संघरत्न शाक्य र राजेन्द्र महर्जनको गीत, शिव शाही र भूपेन्द्र बज्राचार्यको संगीत रहेको फिल्म तिहारपछि रिलिजमा ल्याइने तयारी छ।

फिल्ममा वृद्ध उमेरमा सन्तान देश विदेशमा पलायन हु“दा कसरी बा“की जिन्दगीलाई रमाइलो र सकारात्मक ढंगले काट्न सकिन्छ भन्ने मूल सन्देश रहेको फिल्मका लेखक श्रेष्ठले बताए। फिल्म सर्जु रञ्जित र समिता रञ्जित श्रेष्ठले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्