नारदमुनि स्मृति गोल्डकप विजेताले ४ लाख पाउने



उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा हुदै आएको नारदमुनी स्मृति गोल्डकप फुटबल प्रतियोगिता यो बर्ष पनि संचालन हुने भएको छ ।

बसाहा क्लव बसाहाले पत्रकार सम्मेलन मार्फत प्रतियोगिता आयोजना बारे जानकारी दिएको हो । क्लवले दिएको जानकारी अनुसार बसाहा क्लव स्थापन देखी निरन्तररुपमा गर्दै आएको प्रतियोगिताको यस बर्ष भने नवौ संस्करणको गोल्ड कप प्रतियोगिता हुने छ । प्रतियोगिता चौदण्डीगढी नगरपालिकाको संयोजनमा हुने आयोजकले बताइएको छ ।

२००७ सालका क्रान्ति योद्धा तथा पूर्वमन्त्री स्वर्गीय नारदमुनी थुलुङ राईको स्मृतिमास् थानीय बसाहा क्लवले गोल्डकप प्रतियोगिताको आयोजना गर्दैआएको हो । प्रतियोगितामा ८ टिम सहभागी हुने बसाहा क्लवले जनाएको छ । असोज २७ गते बाट कार्तिक ४ गते सम्म संचालन हुने प्रतियोगिताको विजेताले ४ लाख १ हजार नगद पाउनेछ । त्यस्तै उपविजेताले २ लाख १ हजार नगद प्राप्त गर्नेछ ।

प्रतियोगितमा आयोजक बसाहा क्लव सहित गोर्खा ब्वाईज क्लव झापा, एभरेष्ट क्लव सुनसरी, न्यू त्रियुगा स्पोर्ट्स क्लव सप्तरी, चारतारे क्लवा मोरंग, एविनियर क्लव काठमाडौं, बागमती क्लव सर्लाही र कटारी फुटबल क्लव उदयपुरले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्