मार्शल महाद्वीपमा राष्ट्रिय टोली बन्ने तयारी



न्युयोर्क, (एजेन्सी) । ज्वालामुखीको महाद्वीपको रुपमा परिचित मार्शल महाद्वीप यस्तो देश हो जहाँ राष्ट्रिय फुटबल टोली छैन । प्रशान्त महासागरको मध्यमा अवस्थित मार्शल महाद्वीप अमेरिकाको लागि न्युक्लियर परीक्षण गर्ने ठाउँ पनि हो । अहिले यो विश्व फुटबलमा स्वतन्त्र हुने आसमा रहेको छ ।

इंग्ल्यान्डका लोएड आर्वसले मार्श महाद्वीपमा फुटबलको कोचिङ गरिरहेका छन् । आवर्सले बीबीसी स्पोर्टलाई बताए—यो इमेलमार्फत् शुरु भएको थियो । त्यसपछि ह्वाट्सएपमार्फत कुरा गर्न झन सहज भयो । मैले यो महाद्वीपमा खेल विकास गर्न योजना बनाए ।

मार्शल आइल्यान्डका प्राविधिक निर्देशक समेत रहेका आवर्सले हालै १३ हजार किमीको यात्रा तय गरेका थिए । उनले मार्शल आइल्यान्डका बच्चाहरुका लागि फुटबल सेसन बनाए । सन् २०२० मा मार्शल आइल्यान्ड फुटबल महासंघ पनि स्थापना भएको थियो ।

मार्शल आइल्यान्ड दोस्रो विश्व युद्धसँगै अमेरिकाद्वारा कब्जा गरिएको थियो । अमेरिकाले त्यहाँ केवल न्युक्लियर हतियार परीक्षण गर्नका लागि आधार बनाएको थियो । यो पछि सन् १९८६ मा स्वतन्त्र राज्य बनेको थियो ।

आवर्सले अमेरिकाको प्रभावले गर्दा महाद्वीपमा फुटबलको लोकप्रिता बढिरहेको पाएको बताए । उनले त्यहाँ बेसबल र बास्केटलमा चासो लिनेहरु पनि धेरै भएको बताए । उनले बताए—तर अहिले फुटबल वा सकर विस्तारै लोकप्रिय भइरहेको छ । मार्शल महाद्वीपमा यो खेलको विकास भइरहेको छ ।

तर, मार्शल आइल्यान्डमा धेरै चीजले भने खतरा भइरहेको पनि छ । उनको अनुसार त्यहाँ अमेरिकाले न्युक्लियर परीक्षण गरिरहेको छ । साथै मौसम परिवर्तनले पनि त्यहाँ डर त्रास फैलाउँछ र समुद्रको पानी बढेर पनि समस्या दिइरहेको आवर्सले बताए ।

महाद्वीको राजधानी माजुरोमा राष्ट्रिय रंगशाला पनि छ । यसलाई समुद्रबाट रक्षात्मक तरिकाले बनाइएको छ । आवर्सले बताए—समुद्रको पानी बढेर महाद्वीपहरुलाई समस्यामा पारिरहेको छ । २०५० सम्ममा शायद धेरै क्षेत्र सकिनेछ ।

मार्शल महाद्वीपले पहिलो फुटबल जर्सी सार्वजनिक गरेदेखि त्यहाँ फुटबलको वातावरण बनेको छ । जुलाई वा अगस्ट २०२४ मा मार्शलका खेलाडीले उनीहरुको उदघाटन खेलमा जर्सी लगाउनेछन् । यो क्षण आएपछि मार्शल महाद्वीप राष्ट्रिय फुटबल टोली हुने दिन पनि त्यति टाढा हुने छैन ।

आवर्सले ट्विटरमा १५सय फ्लोअर्स छिटै पुगेकोमा अविश्वसनीय भएको बताए । उनले बताए—फुटबल जर्सीमा विश्वभरिबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ । नक्शामा राष्ट्रलाई पहिलो पटक समावेश गरिएको छ । मान्छेहरुले त यो देश कहाँ छ भनेर पनि थाहा थिएन । यदि गुगल म्यापमा हेरियो भने यो सानो डट देखिएको हुन्छ । राष्ट्र कति सानो छ ।

जर्सीको डिजाइन अर्जेन्टिनाबाट गरिएको हो । यसको लागि २ सय भन्दा बढी मान्छेले निवेदन राखेका थिए । निलो र सुन्तलाको मिश्रणसँगै राष्ट्रिय झण्डाको रंग यसमा राखिएको छ । आवर्सले जनाएअनुसार सेप्टम्बरको अन्तिममा बेच्न शुरु गरेदेखियो यो ३० भन्दा बढी देशमा विक्री भइसकेको छ ।

मार्शल महाद्वीपको फुटबल टोलीले आगामी दिनमा अन्तर्राष्ट्रिय फुटबल खेल्न तयार हुने पनि आवर्सले बताए । उनले क्लब स्थापना गरेपछि राष्ट्रिय टोली बनाउने योजना भएको बताए । आवर्सले बताए—महाद्वीपमा धेरै खेलाडी छन् । हामीले सोलोमन महाद्वीप, पपुवा न्युगिनीले खेलेका छन् । उनीहरु मार्शल महाद्वीपमा बसिरहेका छन् र उनीहरुले खेललाई विकास गर्न सहयोग गरिरहेका छन् । हामी फिफाद्वारा चिन्न चाहन्छौ । हामी कन्फेडेरेसन गेम्स र ओलम्पिक क्वालिफायर्समा सहभागि हुन पनि चाहन्छौ ।

प्रतिक्रिया दिनुहोस्