रुनी बर्मिङमको प्रशिक्षक बन्दै



लन्डन, (एजेन्सी) । इङ्ल्यान्डका चर्चित पूर्व स्ट्राइकर वायन रुनी बर्मिङम सिटीको प्रशिक्षक बन्न तयार भएका छन् ।

अन्तराष्ट्रीय सञ्चारमाध्यमका अनुसार रुनीले मौखिक रूपमा बर्मिङमको प्रस्ताव स्वीकारे पनि औपचारिक घोषणा भने केही दिनमा हुने जनाएको छ । च्यम्पियनसिप क्लब बर्मिङमले सोमबार मात्रै आफ्नो मुख्य प्रशिक्षक जोन युस्टेसलाई बर्खास्त गरेको थियो ।

सन् २०२२ मा बर्मिङमको प्रशिक्षकमा नियुक्त भएका युस्टेसको प्रशिक्षणमा क्लबले ६३ म्याच खेल्दा २१ जित, १६ बराबरी र २६ हारको नतिजा निकालेको थियो । रुनी गत आइतबार मेजर सकर लिग (एमएसएल) को क्लब डिसी युनाइटेडबाट अलग्गिएका थिए ।

प्रतिक्रिया दिनुहोस्