हाजार्डद्वारा ब्यवसायिक फुटबलबाट संन्यास



MADRID, SPAIN – DECEMBER 19: Eden Hazard of Real Madrid during the La Liga Santander match between Real Madrid v Cadiz FC at the Santiago Bernabeu on December 19, 2021 in Madrid Spain (Photo by David S. Bustamante/Soccrates/Getty Images)

लन्डन, (एजेन्सी) । बेल्जियमका विगंर इडेन हाजार्डले व्यवसायिक फुटबलबाट संन्यासको घोषणा गरेका छन् ।

३२ वर्षीय हाजार्डले मंगलबार व्यवसायिक फुटबलबाट संन्यासको घोषणा गरेका हुन् । हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट भने गत डिसेम्बरमा नै संन्यास लिएका थिए । गत सिजनको अन्त्यसँगै स्पेनिस क्लब रियल मेड्रिड छाडेका हाजार्ड त्यसयता मैदानमा देखिएका थिएनन् । हाजार्डले सन् १९९५ मा बेल्जियमको रोयल स्टेड ब्राईनोइसको युवा टोलीबाट आफ्नो व्यवसायिक करियरको सुरुवात गरेका थिए ।

हाजार्डले सन् २००७ मा फ्रेन्च क्लब लिलको सिनियर टोलीका लागि डेब्यू गरेका थिए । उनले लिलका लागि १ सय ४७ लिग म्याच खेल्दा ३६ गोल गरेका थिए । सन् २०१२ मा इङ्लिस क्लब चेल्सी आएपछि भने हाजार्डको चर्चा चुलिएको थियो । चेल्सीमा सात वर्ष बिताउँदा हाजार्डले २ सय ४५ लिग म्याच खेल्दा ८५ गोल गरेका थिए । उनले स्ट्यामफोर्ड ब्रिजमा रहँदा दुई प्रिमियर लिग उपाधि जितेका थिए ।

सन् २०१९ मा रियल पुगेका हाजार्डको प्रदर्शन सोचे अनुसारको हुन सकेन । रियलमा रहँदा हाजार्डले समान एक च्याम्पियन्स लिग, क्लब विश्वकप, युरोपेली सुपर कप, कोपा डेल रे तथा समान दुई ला लिगा र स्पेनिस सुपर कप जितेका थिए । चोटसँग संघर्षरत हाजार्डले रियलमा चार वर्ष बिताउँदा ७६ म्याच खेल्दा मात्र सात गोल गरे ।

प्रतिक्रिया दिनुहोस्