भष्मे डनलाई अर्को डनको चुनौती



सुपरहिट सामाजिक फिल्म पशुपतिप्रसादको सिक्वेल पशुपतिप्रसाद–२ : भष्मे डनको राजधानीमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ।

सात वर्षअघि रिलिज भएको पशुपतिप्रसादको दोस्रो श्रृंखलाको रूपमा बनेको फिल्मले भष्मे डन पात्रको कथा पस्केको छ। विपिन कार्की, सौगात मल्ल र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको फिल्मको तीन मिनेट लामो ट्रेलर भष्मे डन पात्रको वरपर घुमेको छ। सात वर्षपछि सुनले सुख ल्याउला कि दुःख भनेर प्रश्न गर्दै निर्देशकले भष्मे डन पात्रमार्फत धनभन्दा मानवीय सम्बन्ध महत्वपूर्ण हुने सन्देश पस्केका छन्।

पशुपति क्षेत्रमा कब्जा जमाएर बसेको भष्मे डनलाई ट्रेलरमा अर्को डनको चुनौती आइलागेको छ। दोस्रो श्रृंखलामा भष्मेले सौगात मल्लको पात्रको चरित्रसँगको लडाइँ गरेको छ भने भष्मेसामु आफ्नै अस्तित्व र पहिचानको लडाइँ लड्नुपर्ने चुनौती पनि ट्रेलरमा देखाइएको छ।

भष्मेलाई अघिल्लो भागमा खलनायक चरित्रमा उतारेका निर्देशक दीपेन्द्र के खनालले दोस्रो श्रृंखलामा उसमा आएको जीवनबोधलाई पस्केका छन्। ट्रेलरमा विपिन कार्की, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्रसिंह बानियाँ, सजन थापा मगर, माओत्से गुरुङलगायतका कलाकारलाई प्रस्तुत गरिएको छ।

टुकी आर्ट्सको ब्यानरमा खगेन्द्र लामिछानेद्वारा निर्मित फिल्म आगामी दशैंको फूलपातीका दिन कात्तिक ४ गते रिलिज हुँदैछ। फिल्म निर्माता तथा लेखक खगेन्द्र लामिछानेले हरेक हप्ता हरेक नयाँ नेपाली फिल्मले कीर्तिमान तोड्नु जरुरी रहेको बताए। ‘हिजो छक्कापञ्जा थियो, आज कबड्डी छ।

भोलि कोही होला। भोलि कुनै नयाँ फिल्मले रेकर्ड ब्रेक गर्नुपर्छ। हरेक साता रेकर्ड ब्रेक हुन सके नेपाली फिल्मको वार्षिक कलेक्सन एक अर्ब पुग्छ। एक–अर्काको रेकर्डलाई ठोक्ने र तोड्नुपर्छ भन्ने मान्यता मेरो छ’ लामिछानेले भने ‘कसरी लजिकल सिक्वेल बनाउने भन्ने हामीलाई धेरै ठूलो जोखिम थियो।

त्यसैले, हामीले तीन–चारवटा ड्राप्mटमा ग¥यौं।’ निर्देशक दीपेन्द्र के खनालले ‘भष्मे डनले पशुपतिप्रसादको विरासतलाई काँधमा बोकेर अघि बढाएको बताए। ‘नेपालमा बनेको जीवन्त पात्रमध्ये भष्मे डन पनि हो। मलाई केमा डर थियो भने सात वर्षपछि सुटिङ गर्दा विपिन कार्की भष्मे डन देखिन्छन् कि देखि”दैनन्?

फिल्ममा पनि त्यो किसिमको जादू पक्कै छ’ खनालले भने। अभिनेता विपिन कार्कीले भष्मे डनको पात्र आफूले जीवनभर भुल्न नसक्ने बताए। ‘भष्मे डन मनको ग्यालरीभित्र बस्ने पात्र हो। पशुपतिप्रसाद हेर्दा भष्मे डन जसरी पाउनुभएको थियो, २ हेर्दा पनि त्यस्तै पाउनुहुन्छ। सौगात दाइलाई त्यस्तै पाउनुहुन्छ’ विपिनको भनाइ थियो।

अभिनेत्री स्वस्तिमा खड्काले भारतीय दर्शनार्थीले दुर्गा माता भन्दै आफूलाई पैसा चढाउन आएको किस्सा सुनाउँदै आफूले पात्रलाई न्याय गरेको बताइन्।

प्रतिक्रिया दिनुहोस्