नेवारपानीमा ग्याल्बो राजा



हेटौंडा । कालीदेवी मिडिया हाउसको ब्यानरमा निर्माणाधीन फिल्म ग्याल्बो राजाको छायांकन हेटौंडाको नेवारपानीमा भइरहेको छ।

विनायक तामाङको कथा तथा निर्देशन रहेको फिल्मको धमाधम छायांकन भइरहेको लेखक तथा मुख्य सहायक निर्देशक बाबुराम सुवेदीले जानकारी गराए। मकवानपुरसहित नेपालका विभिन्न पर्यटकीय र रमणीयस्थलमा यसको छायांकन हुने सुवेदीले बताए। फिल्ममा चर्चित कलाकारहरूका साथ नयाँ कलाकारले समेत अभिनय गरेका छन्।

फिल्ममा अर्जुन गुरुङ (भंगेरी डन), संगीता तितुङ, विनायक तामाङ, मायादेवी मोक्तान, रमेश स्याङ्तान, सञ्चवीर तामाङ, राजु नेगी, सञ्जय लामा, सबिन तामाङ, सागर तामाङ, किताबसिं तामाङ, नोर्बाे तामाङ, किशोर श्रेष्ठ, हास्य कलाकार तिरेलगायतले अभिनय गरिरहेका छन् भने राजु किराँतको द्वन्द्व निर्देशन तथा वीरेन तितुङको कोरियोग्राफी रहेको छ। त्यसैगरी, विश्व दोङ र निमा दोङको संगीत तथा सञ्चु थोकर लामाको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्