आज शोक बिदा



काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयले आज शोक बिदा दिएको छ ।

इजरायल-प्याल्स्टाइन युद्धको चपेटामा परी विद्यार्थीको निधन भएकोले विश्ववियालयले आज शोक बिदा दिएको हो ।

प्यालेस्टाइनको हमास समूहको आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाटा इजरायल गएका १० जना विद्यार्थीको निधन भएको छ ।

एग्रिकल्चर अध्ययन गर्ने विद्यार्थीहरू दक्षिण इजरायलको किवुज अलमुम भन्ने ठाउँमा कार्यरत थिए ।

यही असोज २० गते प्यालेस्टाइनको हमास लडाकु समूहले उक्त स्थानमा आक्रमण गर्दा उनीहरुको निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्