सिटीको हारले उपाधि होड रोचक बन्ने



लन्डन, (एजेन्सी) । अन्ततः प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई पराजित गरेर आर्सेनलले महत्वपूर्ण तीन अंक जोडेको छ । यसले यस सिजनको उपाधि होडलाई रोचक बनाउने पनि पक्कै छ । यो नतिजापछि अंकतालिकामा शीर्ष चार टोलीको अंक दुरी केवल ४ अंक रहेको छ । आठौं चरणको खेल समाप्तिसम्म टोटनहाम २० अंकसहित शीर्ष स्थानमा छ भने त्यति नै अंक जोडेको आर्सनल दोस्रो स्थानमा छ । सिटी १८ अंकसहित तेस्रो स्थानमा छ भने लिभरपुल १७ अंक लिएर चौथो स्थानमा छ ।

टोटनहामका प्रमुख खेलाडी हेरी केन बायर्न म्युनिखमा पुगेपनि टोलीले राम्रो प्रदर्शन गरिरहेको छ । तर, यो प्रदर्शन कति लामो चल्ने यसमा भने कसैले केही भन्न सक्दैनन् । उनीहरुको युरोपियन फुटबलमा कुनै प्रतियोगिता छैन । यसले उनीहरुलाई प्रिमियर लिगमा शीर्ष चारमा रहन सहायता दिने पनि सक्नेछ । तर, हेरी केन भएको भए शायद टोटनहामको लागि अझै लाभ मिल्न सक्नेमा कुनै दुई मत नहोला ।

पूर्व फुटबलर एलेन शिररको प्रतिक्रिया भने अर्कै छ । शिररले जुन टोलीले सिटीमाथि दवाव राख्न सक्छ वा त्यो भन्दा माथि रहन सक्छ त्यो टोलीले लिग जित्न सक्ने बताएका थिए । उनले आर्सनलले यसपटक उपािध जित्न सक्ने पनि बताए । उनले बताए—आर्सनलले सिटीलाई हराएपछि उनीहरुमा विश्वास र आत्मविश्वास बढेको छ । सबैले देख्न सकिन्छ कि आर्सनल टोली अहिले शसक्त देखिएको छ । उनीहरु गत सिजनमा भन्दा पनि राम्रो देखिएको छ । सिटीले भने यसपटक राम्रो खेलिरहेका छैनन् । यसैले उनीहरुको लागि हार नै भयो ।

प्रतिक्रिया दिनुहोस्