पाल्पामा सुख्खा पहिरो खस्दा जेसिबी चालकको मृत्यु



पाल्पा । सडक मर्मत गरिरहेको जेसिबी पुरिँदा पाल्पामा चालकको मृत्यु भएको छ ।

चालक शान्तिनगर गाउँपालिका- १ दाङका ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको हो । रामपुर नगरपालिका- १० टोक्सेको बर्दलेबाट टोक्से जाने भित्रि सडकखण्ड मर्मत गर्दै गरेको बा २ क १९५७ नम्बरको जेसिबी सडकमाथिबाट आएको सुख्खा पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

आइतवार बेलुकी सडक खन्नेक्रममा पहिरोले पुरिएर गंम्भीर घाईते भएका चालक खड्काको उपचारका क्रममा तानसेनस्थित युनाईटेड मिशन अस्पतालमा साेेमबार राति मृत्यु भएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्