विद्युत् विधेयकमाथिको छलफलका लागि संसद् बैठक बस्दै



काठमाडाैं । प्रतिनिधिसभाकाे बैठक बस्दैछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ, बैठक दिउँसाे ३ः३० बजे बाेलाइएकाे छ ।

संङघीय संसद सचिवालयले सार्बजनिक गरेकाे सम्भावित कार्यसूची अनुसार उर्जा, जलस्राेत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधयेक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिकाे छलफलमा उठेका प्रश्नहरूकाे जवाफ दिनेछन् ।

साथै, सभामुख देवराज घिमिरेले विद्युत् विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रकाे व्यहोरा पढेर सुनाउने संसद सचिवालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्