भारतको विश्वकपमा जितबाट शुरुवात



काठमाडौं । आयोजक भारतीय टोलीले आफ्नो पहिलो खेलमा अस्टे«लियालाई ६ विकेटले पराजित गरेर आईसीसी क्रिकेट विश्वकपमा जितबाट शुरुवात गरेको छ ।

अस्टे«लियाली टोलीलाई १ सय ९९ रनमै अलआउट गरेको भारतीय टोली शुरुको दुई ओभरमै तीन विकेट गुमाएर अप्ठयारोमा परेको थियो । तर, यो मुश्किल क्षणबाट विराट कोहली र केएल राहुलले उकास्दै भारतलाई जित दिलाउन सफल भए । उनीहरुले चौथो विकेटका लागि १ सय ६५ रनको साझेदारी गरेका थिए ।

विराट ८५ रन बनाएर हेजलवुडको बलमा आउट भएका थिए । १२ रनमा जीवनदान पाएका उनले यसपछि शानदार ब्याटिङ गरे । उनले ६ चौका प्रहार गरेका थिए । यसपछि राहुलले ९७ रन बनाए भने हार्दिक पाण्ड्या ११ रनमा नटआउट रहे । राहुल तीन रनले शतकबाट चुकेका थिए ।

भारतले तीन शीर्ष व्याटर मात्र २ रनमा नै गुमाउनु पुगेको थियो । जसले सहज देखिएको लक्ष्य पनि कठिन बन्न पुगेको थियो । कप्तान रोहित शर्मा, इशान किसन र श्रेयस अय्यर तीनै जना शून्यमा आउट भएका थिए । मिचेल स्टार्चले इसान किसनलाई पहिलो ओभरको चौथो बलमा आउट गरेका थिए । यसपछि जोश हेजलवुडले दोस्रो ओभरको तेस्रो बलमा रोहितलाई र छैटो बलमा श्रेयसलाई आउट गरेर रंगशालामा उपस्थित भारतीय दर्शकलाई स्तब्ध तुल्याए ।

यसअघि चेन्नाईको चम्पक स्टेडियममा अस्टे«लियाले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा १ सय ९९ रन बनाएको थियो । टोलीका लागि स्टिभ स्मिथले सर्वाधिक ४६ रन जोडे भने डेभिड वार्नरले ४१ रन योगदान दिएका थिए । भारतको तर्फबाट रविन्द्र जडेजाले तीन विकेट लिए भने कुलदीप यादव र जसप्रीत बुमराहले दुई–दुई विकेट हासिल गरेका थिए । रविचन्द्रन अश्विन र मोहम्मद सिराजले एक–एक विकेट लिए ।

यो खेलमार्फत् अस्टे«लियाका ओपनर डेभिड वार्नर एकदिवसीय क्रिकेट विश्वकपमा छिटो १ हजार रन बनाउने खेलाडी बने । वार्नरले १९ इनिङबाट यो उपलब्धि हासिल गरेका हुन् । यसअघि भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर र दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर एबी डिभिलियर्सको नाममा छिटो १ हजार रनको कीर्तिमान थियो । उनीहरुले २० इनिङबाट एकदिवसीय क्रिकेट विश्वकपमा १ हजार रन पुरा गरेका थिए । अब यो कीर्तिमान वार्नरको नाममा पुगेको छ ।

वार्नर र स्मिथको साझेदारी

५ रनमा मिचेल मार्शको विकेट पतन भएपछि वार्नर र स्टिभ स्मिथले अस्टे«लियाको इनिङ अघि बढाए । उनीहरुले दोस्रो विकेटका लागि ८५ बलमा ६९ रन साझेदारी गरेका थिए । यो साझेदारी कुलदीपले तोडे । उनले वार्नरलाई आउट गरेका थिए ।

विराट सबैभन्दा क्याच लिने खेलाडी

विराट कोहलीले यसै खेलमार्फत् एकदिवसीय क्रिकेट विश्वकपमा सर्वाधिक क्याच लिने भारतीय खेलाडी हुने उपलब्धि हासिल गरेका छन् । उनले भारतीय पूर्व बलर अनिल कुम्बलेको कीर्तिमान तोडेका छन् । विराटले कूल १५ क्याच लिएका हुन् ।

अस्टे«लियाको इनिङ

पहिलो विकेटको रुपमा मिचेल मार्श शून्यमा आउट भए । उनको क्याच बुमराहको बलिङमा विराटले लिएका थिए । बुमराहले आउटसाइड अफतिर लेन्थ बल फ्यालेका थिए । बलले ब्याटलाई हल्का छुएपछि स्लिपमा रहेका विराटतिर बल गयो र उनले क्याच लिए ।

दोस्रो विकेट रुपमा वार्नरलाई १७ औं ओभरको तेस्रो बलमा कुलदीपले पभेलियन फर्काए । कुलदीपले फुलर लेन्थ बल फ्यालेका थिए । उक्त बललाई वार्नरले ड्राइभ गर्न खोज्दा बल सीधै कुलदीपकै हाततिर गयो र उनी आउट भए ।

तेस्रो विकेटको रुपमा स्मिथ आउट भए । भारतीय टोलीका लागि यो विकेट महत्वपूर्ण रह्यो । जमिरहेका स्मिथलाई जडेजाले बोल्ड गरेका थिए । चौथो विकेट मार्नस लाबुसेनको रुपमा भारतलाई प्राप्त भयो । २७ रन बनाएर लाबुसेनलाई जडेजाले आउट गरेका थिए ।

यसपछि एलेक्स केरी शून्यमा आउट हुँदा अस्टे«लियाले पाँचौ विकेट गुमायो । जडेजाको बलमा उनले डिफेन्स गरे तर उनी एलबीडब्लयू आउट भएका थिए । अर्को विकेट ग्लेन मेक्सवेललाई छिटै गुमाउन पुग्दा अस्टे«लियाको लागि विशाल लक्ष्य जाने आस सकिएको थियो । मेक्सवेल १५ रन बनाएर कुलदीपको शिकार भएका थिए ।

यसपछि केमरन ग्रीन ८ रन, पेट कमिन्स १५ रन, एडाम जाम्पा ६ रनमा आउट भए । तर, मिचेल स्टार्कले २८ रन बनाएर अस्टे«लियाको लाज राखिदिए । उनले अस्टे«लियाको इनिङ १ सय ९९ रनसम्म पु¥याएका थिए ।

प्रतिक्रिया दिनुहोस्