हेलमेटले झट्का कम गर्छ



नयाँ दिल्ली, (एजेन्सी) । भारतीय पूर्व क्रिकेटर सुनिल गावस्करले १६ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा हेलमेट कहिल्यै लगाएका थिएनन् । उनको समयका ब्याटरले हेलमेट कमै लगाउने गर्थे । तर, अहिले क्रिकेटमा ब्याटिङ गर्न हेलमेट अतिआवश्यक छ ।

एक अनुसन्धानले देखाएअनुसार क्रिकेटमा अनुहार र टाउकोमा करिब २५ प्रतिशत चोट लाग्ने गर्छ । यसले कहिले काही खेलाडीको ज्यान पनि जान्छ । यही कारणले सन् २०१४ मा अस्टे«लियाका ब्याटर फिल ह्युजको निधन भएको थियो । उनको टाउकोभन्दा तलको भागमा बलले लागेपछि उनी अचेत भए र पछि उनको निधन भएको थियो ।

केही दिन अघि मात्रै पनि ग्लेन मेक्सवेलले चिन्ता जनाएका थिए । भारतविरुद्धको खेलमा अस्टे«लियाका मेक्सवेलले बलिङ गर्दा भारतीय ब्याटरको प्रहार झण्डै उनलाई लागेको थियो । बल उनीतिर सीधै आएको थियो, तर, समयमै उनले दायाँ हातले बल समाए ।

उनले यसपछि बताए—मैले यो बल नसमातेको भए, शायद मेरो पनि फिल ह्युज्सको जस्तै हुने थियो ।

यसले के दर्शाउँछ भने यदि ब्याटरले मात्रै हेलमेट लगाउनु पर्ने चलनलाई परिमार्जित गर्नु पर्ने हुन्छ । फिल्डरको लागि पनि हेलमेट आवश्यक भएको मेक्सवेल बताउँछन् ।

यस्तै चोट नलाग्न हेलमेट लगाउनुपर्ने आवश्यक गरिएको हो । तर, खेलमा ब्याटरले नै हेलमेट लगाउने गरिएको छ । यसले जोखिम कम गर्छन । जानकारका अनुसार हेलमेट र प्याडमा लगाइएको फोमले बलको हिर्काईलाई कम गर्ने काम गर्छ । बल तिव्रगतिमा आउँछ र हेलमेटसँग जुध्छ । हेलमेटमा लगाइएको फोमले झटकालाई विस्तारै झटकामा परिणत गर्छ ।

यस्तै फोमसँगै टाइटेनियमको ग्रिल पनि राखिएको हुन्छ । यो सामग्री पहिले प्रयोगमा आएको स्टीलभन्दा पनि हल्का र बलियो हुन्छ । हेलमेट फाइबर ग्लास, केवलार र कार्बन फाइबर जस्ता चीजले बनेको हुन्छ । यसले खेलाडीलाई चोट पार्न कम गर्छ ।

प्रतिक्रिया दिनुहोस्