सिटिजन लाइफ इन्सुरेन्सको पहिलो कारोबार शुरु


काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज नेप्से मा सिटिजन लाइफ इन्सुरेन्सको सेयर कारोबार शुरु भएको छ । आइतबार स्पेसल प्रि ओपनिङ सेसनमा सिटिजनको पहिलो कारोबार प्रतिकित्ता ५०८ रुपैयाँमा खुला भएको हो । सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार शुरु हुनेछ ।

नेप्सेले यसको ओपनिङ रेन्ज भने प्रतिकित्ता १७२.४३ रुपैयाँदेखि ५१७.२९ रुपैयाँसम्म तोकेको थियो । ‘सीएलआई’ संकेतमा सिटिजनको सेयर कारोबार खुला भएको हो । कम्पनीको चुक्ता पुँजीका आधारमा कायम कुल ३ करोड ७५ लाख कित्ता सेयर बुधबार सूचीकृत भएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।